नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा भइरहेको छ।
भदौमा महाधिवेशन हुँदैन।आयोगका पदाधिकारीसँग कांग्रेसका नेताहरू नियमित सम्पर्कमा रहेको जानकारी दिँदै एक नेताले भने, ‘आयोगले कांग्रेसलाई महाधिवेशन गर्न पुस मसान्तसम्मको समय दिनेछ।’ कोरोना भाइरसको संक्रमणसहितका कारण देखाएर कांग्रेसले आयोगसँग समय माग गर्ने उनले बताए। ‘त्यसको जवाफमा आयोगले पुस मसान्तसम्मको समय दिनेछ’, उनले भने। कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्मका लागि तोकेको थियो।
तर अब एक महिना मात्रै बाँकी रहँदा क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन। उक्त विषय टुंगो लगाउन बिहीबार पाँच दिनको समय मागिए पनि उक्त विषय टुंगो नलाग्ने स्रोतले दाबी ग-यो। सयभन्दा बढी वडामा सदस्यता विवाद रहेको, बारा र सप्तरीको नयाँ सदस्यता फाइल खोल्दै नखोलिएको, धनुषा, सर्लाहीका एकएक निर्वाचन क्षेत्रको विवाद कायम रहेको र विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेकाको संगठन समायोजनको काम नसकिएकाले चाहेर पनि भदौमा महाधिवेशन सम्भव नरहेको कांग्रेस स्रोतको दाबी छ। कांग्रेसले पछिल्लो पटक तय गरेको महाधिवेशन कार्यतालिकाअनुसार साउन १२ देखि वडा अधिवेशन गरेर बिहीबार पालिका तहको अधिवेशन भइसक्नुपर्ने थियो।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’