पोखराको उत्तमचोकबाट जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -१० उत्तमचोकस्थित सरु गुरुङको घरको कोठामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद तीन लाख एकाउन्न हजार पाँच सय चालिस रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा – १० उत्तमचोक बस्ने वर्ष ३५ की सरु गुरुङ, पोखरा -१५ ट्याक्सी चोक बस्ने वर्ष ४८ को मन बहादुर क्षेत्री, पोखरा – १५ नयाँ गाउँ बस्ने वर्ष ४१ को भुपेन गुरुङ, पोखरा -१७ हनुमानटोल बस्ने वर्ष ४७ को थमन सिंह गुरुङ, पोखरा -१७ घारिपाटन बस्ने वर्ष ४४ को हर्क बहादुर थापा मगर, पोखरा – १० उत्तम चोक बस्ने वर्ष ४८ को सुरेन्द्र बहादुर गुरुङ, पोखरा -१४ हवेली मार्ग बस्ने बर्ष ३५ को सन्जेव गुरुङ, पोखरा – ८ सिमलचौर बस्ने बर्ष ६० की कृष्णा गुरुङ,पोखरा -१५ रामबजार बस्ने बर्ष ३६ की राममाया गुरुङ, पोखरा – १० अन्नपुर्ण टोल बस्ने बर्ष ४० की श्री कुमारी गुरुङ, पोखरा -१५ नयाँ गाउँ बस्ने बर्ष ३६ की हिरा थापा, पोखरा -१३ भद्रकाली बस्ने बर्ष ४२ की माया तामाङ र पोखरा – १५ नयाँगाउँ बस्ने बर्ष ४० की कमला मगर रहेकी छन्।
पक्राउ परेका उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न सट्टा बाजी गर्न नहुने अभियोग शिर्षकमा मुद्धा चलाई अनुसन्धान कार्य अगाडि बढाइएको कास्कीका निमित्त प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु