नेपालीहरूको मुख्य चाडपर्व नजिकिँदै गर्दा सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको अभाव हुँदै गएको छ ।
कर्पोरेशनले बजारमा चिनी अभाव हुन नदिनका लागि आयात गरी आपूर्ती सहज बनाउँदै आएको छ । तर, बजारमा चिनी अभाव हुँदै गर्दा अर्थमन्त्रालयले चिनी ल्याउनका लागि हालसम्म अनुमति दिएको छैन ।
सामान्यतया दशैंतिहार लक्षित गरी सरकारले करिब दुई महिना अगाडि नै अनुमति पाएर टेन्डर आह्वान गर्नुपर्ने हुन्छ । त्यसमा टेन्डर आह्वान गरी ल्याउनका लागि कम्तीमा पनि ४५ दिन लाग्छ ।
कर्पोरेशनले बारम्बार चिनी आयातका लागि अनुमतिको लागि सहमति पत्र बुझाए पनि सरकारले वेवास्ता गरेपछि यो वर्षको दशैंतिहारका लागि चिनी ल्याउन नसक्ने भएको छ । त्यसैले यो वर्षको चाडपर्वमा चिनी ल्याउन नसक्ने अवस्थामा पुगेको कर्पोरेशनमा बजार प्रबन्धक प्रज्वल प्रधान बताउँछन् ।
कर्पोरेशनले गत वर्षको भदौमा ५० हजार मेट्रिक टन आयात गर्नका लागि अनुमति मागेको थियो । त्यसमा गत वर्षको दशैंअघि कर्पोरेशनले २० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार मेट्रिक टन गरी ३० हजार मेट्रिक टन चिनी आयात गर्नको लागि अनुमति पाएको थियो ।
त्यसमा कर्पोरेशनले २० हजार मेट्रिक टन आयात गरेको थियो भने व्यापार कम्पनीले १० हजार मेट्रिक टन आयात गर्न ढिला हुने भन्दै आयात गरेको थिएन ।
कर्पोरेशनले अत्यधिक खपत हुने चिनी चाडपर्वलाई लक्षित गरी अनुदानमा भन्सार सहुलियतमा आयात गर्दै आएको थियो । दशैं आउन करिब डेढ महिना मात्रै बाँकी छ ।
सम्बन्धित खबर
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
सुजल डेरीको ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा
सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने