गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखराको चोरसाँघुबाट अवैध लागु औषध सहित दम्पति पक्राउ परेका छन्।
पोखरा महानगरपालिका -१५ चोरसाँघुबाट अवैध लागु औषध २ सय ८० एम्पुल नुर्फिन, २ सय ८० एम्पुल फेनरागन, २ सय ८० एम्पुल डाईजेपाम र नगद ३ लाख २९ हजार रुपैयाँ लगायत सुन जस्तो देखिने पहेंलो रङको धातु १ केजी, १ थान पेस्तोल जस्तो देखिने लाईटर र ३ थान मोवाइलसहित दम्पति पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा पोखरा -९ शिवटोलस्थित सुकुम्बासी बस्ती बस्ने ३७ वर्षीय लोक बहादुर श्रेष्ठ र उनकै श्रीमती ३२ वर्षीया बिष्णु श्रेष्ठ गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार लागु औषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा घरको कोठा तथा हाँसको खोरमा खाल्डो खनि लुकाएर राखेको अवस्थामा उक्त सामान वरामद गरेको हो।
पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
मनाङमा लुलुगाई मारेको आरोपमा ३ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग