कास्कीमा ठूलो मात्रामा तेजाब (एसिड) सहित ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका- ४ गैह्रापाटनबाट ग ३ च ११४३ को जिपमा १ हजार किलो र पोखरा २ मोहोरिया टोलस्थित अभिषेक औजार पसलबाट ३ सय ५० किलो एसिड बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।
पक्राउ पर्नेमा सवारी चालक बारा जितपुर सिमरा उप–महानगरपालिका १५ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा ०४ बेलचोक बस्ने १९ वर्षीय मीनबहादुर भारती, विराटनगर महानगरपालिका २ घर भई चितवन भरतपुर बस्ने २ बस्ने २९ वर्षीय केशव सिंह र बाग्लुङ नगरपालिका ७ ढिकीचौर घर भई हाल पोखरा २ मोहोरियाटोल बस्ने अभिषेक औजार पसलका सञ्चालक ६३ वर्षीय बलबहादुर विक छन् ।
पोखरामा भेटिएको तेजावमा शीलबन्दी र लेबलिङ नभएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हमालले जानकारी दिए । उनले एसिड कुन प्रायोजनका लागि ल्याइएको भन्नेबारे अनुसन्धान भइरहेको बताए ।
बिना इजाजत तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ को दफा ८ र ९ अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइराखेको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’