नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने बागलुङका एक युवक पक्राउ

नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने बागलुङका एक युवक पक्राउ

arrest

सांकेतिक तस्विर

काठमाण्डौ।  नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संग्लग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागलुङ जिल्ला बडिगार्ड गाउँपालिका वडा नं -९ निवासी ३२ वर्षीय युद्ध बहादुर केसी रहेका छन्। उनलाई प्रहरीले ललितपुरको कुपण्डोलस्थित युएन पार्कबाट सोमबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार केसीले नेपाल तथा भारतका विभिन्न मेडिकल कलेजबाट डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाई नेपाल फार्मेसी कउन्सिलमा दर्ता भएको नक्कली कागजातको साथै नक्कली लाइसेन्स, परीक्षा प्रवेश पत्र लगायतका जाली कागजात बनाउँदै आएका थिए।

पक्राउ परेका केसी विरुद्ध लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ