जुवा तास खेलिरहेका ६ जनालाई बुधबार कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -९ पृथ्वीचोकस्थित स्याङ्गजा बुटवल खाजा घरबाट जुवा तास खेलिरहेका ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा उक्त खाजा घरमा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङ जिल्ला स्थायी घर भइ हाल जिल्ला पोखरा – ९ नागढुङ्गा बस्ने ४३ वर्षीय तिलक बिक, पर्वत जिल्ला मोदी गाउँपालिका – ६ तिलाहार वस्ने ५४ वर्षीय याम बहादुर लामिछाने, स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिका – ३ धोवादी बस्ने ४६ वर्षीय चुन बहादुर थापा, पर्वत जिल्ला भोर्ले गाउँपालिका – ४ पैयुँ घर भइ हाल जिल्ला कास्की पोखरा
– ९ नयाँबजार बस्ने ४८ वर्षीय जित बहादुर गुरुङ, पोखरा – ६ लेकसाईड जरेवर बस्ने ३२ वर्षीय बसन्त श्रेष्ठ र स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका – ३ धोवादी बस्ने २६ वर्षीय विनोद बिक रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट २ लाख ८६ हजार ७ सय २० रुपैयाँ नगद वरामद गरेको छ भने,
सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा