नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगिता एभेरेष्ट प्रिमियर लिगको चौथो संस्करणमा पोखरा राइनोज उच्च मनोवलका साथ देखिने भएको छ । लिगको यस अघिका सबै सिजनमा सहभागी राइनोजको यसपटक उपाधि जित्ने लक्ष्य रहेको छ । यसका लागि राइनोजले आफ्नो नयाँ लोगो र नयाँ रङ्ग सहितको परिवर्तित जर्सी सार्वजनिक गरेको छ ।
जीतको प्रतीक सुन्तला रङ्ग थपिएको राइनोजको पछिल्लो लोगोमा गैंडाको टाउको देखाइएको छ भने माछापुच्छ्रे हिमाल मुनि ब्याट्स्म्यानले बल प्रहार गरेको पनि लोगोमा झल्काइएको छ ।
राइनोजको नयाँ जर्सीमा पनि पोखराको प्रतीक झल्कने माछापुच्छ्रे हिमाल राखेको छ । जर्सीको प्रायोजन सेभेन–अ ब्राण्ड वाई एम.एस धोनीले गरेको छ । त्यस्तै, मुख्य प्रायोजकमा सौर्य सिमेण्ट, जगदम्बा सुपर साइन रहेको छ भने अधिकारिक प्रायोजकमा मित्सुुबिसी मोटर्स, एड्नोक र कान्तिपुर मिडिया रहेका छन् । हस्पिटालिटीको प्रायोजनमा याक एण्ड यती काठमाण्डौ तथा क्लोज क्याम्प पार्टनरमा हायात रिजेन्सी रहेका छन् ।
आगामी असोज ९ देखि २३ गतेसम्म काठमाण्डौ स्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा शुरु हुने एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि यसपटक पोखरा राइनोज सहित काठमाण्डौ किंग्स–११, ललितपुर प्याट्रियाट्स, विराटनगर वारियर्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्स आमने सामने हुँदैछन् ।
यस पटकको इपीएल विजेताले नगद ५० लाख रुपैयाँ सहित उपाधि जित्दा उप–विजेताले नगद १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी लिगमा विभिन्न विधाका खेलाडीहरुले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला