तनहुँको रकगार्डेन स्थित सेती खोँचबाट वेपत्ता नवविवाहिता युवतीको शव ठ्याक्कै एक हप्तापछि आज फेला परेको छ ।
गत भदौ २९ गते मंगलबार दिउँसो टिकटक बनाउने भन्दै साथीहरुलाई मोबाइलमा भिडियो खिच्न लगाएर १९ वर्षीया युवती पवित्रा लम्साल सेती खोँचमा पसेकी थिइन् । त्यसपछि नदिमा हेलिएकी युवतीको शव आज मंगलबार भिमाद ७ स्थित नदी किनारमा फेला परेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका ८ लालिममा अंकल अण्टीसँग बस्दै आएकी उनको त्यसको ५ दिन अघि मात्र बिहे भएको थियो । दुल्हन फर्कन आएकी उनी बहिनी, साथीहरुसँग रकगार्डेन पुगेकी थिइन् ।
घटनाको बेला त्यहाँ दुई जना साथीहरु पनि थिए । उनी नदीमा खसेपछि प्रहरीलाई खबर गरिएको थियो । नदीतर्फ जादै गर्दा लम्साललाई साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक भिडियोमा सुनिन्छ । टिकटकमै उनको ती भिडियोहरु भाइरल भएका छन् । उनी जानाजान सेती खोँचमा पसेको देखिन्छ ।
नदीमा खसेर बेपत्ता लम्सालको प्रहरीले खोजी गरेको थियो । उनको शव आज बिहान अन्दाजी ९ बजे भिमाद नगरपालिका ७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
टिकटक बनाउन रकगार्डेनको सेती खोँचमा यसरी पसिन् युवती, भिडियो सार्वजनिक
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु