गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
महानगरीय बृत जनसेवाबाट फरार रहेका थुनुवालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
जबर्जस्ती करणी सम्बन्धी मुद्धामा म्याद थपको लागि अदालत लैजाने क्रममा फरार भएका पोखरा महानगरपालिका -१४ मझेरीपाटन निवासी २४ वर्षीय निर्मल परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार परियार गत श्रावण २९ गते जबर्जस्ती करणी सम्बन्धी मुद्धामा म्याद थपको लागि अदालत लैजाने क्रममा बिचैमा भागी हालसम्म लुकुछिपी बस्दै आएका थिए।
बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाई पोखरा -३० गगनगौंडाबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप कारवाहीका लागि महानगरीय प्रहरी बृत्त जनसेवा पठाईएको प्रवक्ता हमालले जानकारी दिए।
सम्बन्धित खबर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
मनाङमा लुलुगाई मारेको आरोपमा ३ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग