पोखरा । नेपाली कांग्रेस कास्कीको माछापुच्छ्रे गाउँपालिका सभापतिमा वीरेन्द्र गुरुङ निर्वाचित भएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गाउँपालिकाको आज सम्पन्न अधिवेशनमा मधुसुदन अधिकारीलाई पराजित गर्दै गुरुङ सभापतिमा निर्वाचित भएका हुन् ।
गुरुङ ९१ मत ल्याएर सभापति निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी मधुसूदन अधिकारीले वीरेन्द्रकोभन्दा १५ मत कम ल्याएका थिए ।
सभापतिमा निर्वाचित गुरुङ गाउँपालिकाको वडा नं १ को वडाध्यक्ष समेत हुन् ।
उपसभापतिमा रामबहादुर गुरुङ र मीनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनीहरुले क्रशमः ८७ र ८८ मत ल्याए ।
यस्तै, सचिवमा केशवराज अधिकारी ९३, सञ्जय लम्साल ७५ मत का साथ विजयी बने भने सहसचिवमा महादेव गुरुङ ८८ र बालकृष्ण गौतम ८३ मतका साथ विजयी भएको बताइएको छ ।
सदस्यमा महिलातर्फ वडा नं १ बाट जमुना पुन, वडा नं २ बाट जमुना गुरुङ, वडा नं ३ बाट सीता भुजेल, ४ बाट पुमाकुमारी शर्मा, ५ बाट ईन्द्रकुमारी गुरुङ, ६ बाट सावित्री गौतम, ७ बाट किरण उचाई क्षेत्री, ८ बाट तारा गौतम र ९ बाट अजिता तामाङ चयन भए ।
त्यसैगरी १८ पदका लागि पुरुषतर्फ वडा नं १ (क) बाट ईन्द्रबहादुर गुरुङ र (ख) हुमबहादुर गुरुङ , वडा नं २ (क) बाट भिमबहादुर गुरुङ र (ख) तिलकुमारी तामाङ, वडा नं ३ (क) बाट नवीनकुमार श्रेष्ठ र (ख) भीममाया श्रेष्ठ, वडा नं ४ (क) बाट लिलाधर ढकाल र (ख) बलराम अधिकारी, वडा नं ५ (क) बाट राजुप्रसाद ढुंगाना र (ख) श्यामबहादुर गुरुङ निर्वाचित भए ।
यसैगरी वडा नं ६ (क) बाट दिनानाथ दवाडी र (ख) नन्दलाल ढुंगाना, वडा नं ७ (क) बाट लेखा गुरुङ र (ख) विनय गुरुङ, वडा नं ८ (क) बाट अर्जुन दमाई र (ख) नारायण अधिकारी र वडा नं ९ (क) बाट खुसीमान गुरुङ र (ख) चन्द्रबहादुर पौडेल क्षेत्री निर्वाचित भए । गाउँपालिकामा क्षेत्रीय प्रतिनिधि र वडा ईकाई सभापति गरी १७१ मध्ये १६९ मत खसेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर