पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संंयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आइतबार पोखरामा औपचारिक भेटघाट भएको छ । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारले नेपालस्थित राजदूत तथा विकास साझेदार संस्थाका प्रमुखका लागि गरेको विशेष कार्यक्रममा भाग लिन आएकी सारा बेसोलोले मुख्यमन्त्री कार्यालयमै भेटघाट गरेकी हुन् ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले संयुक्त राष्ट्र संघको स्थापना भएदेखि नै नेपाल निरन्तर संलग्न हुँदै आएको स्मरण गराए । सुरक्षा परिषददेखि विभिन्न समितिहरुमा जिम्मेवारी लिएर नेपालले सफलताका साथ काम गर्दै आएको मुख्यमन्त्री पोखरेलले बताए ।
संयुक्त राष्ट्र संघको नेतृत्वमा विश्वमा शान्ति स्थापनाको सवालमा नेपालले महत्वपूर्ण योगदान गर्दै आएको भन्दै उनले राष्ट्र संघकै नेतृत्वमा शान्ति, स्थिरता र समृशिद्ध हासिल हुनेमा नेपाल सदैव प्रतिबद्ध रहेको बताए ।
राष्ट्र संघले नेपालमा मानवीय क्रियाकलापका क्षेत्रमा लैंगिक विकास, मानव अधिकार, दीगो विकास लक्ष्य हासिल गर्नका लागि गरेको सहयोग महत्वपूर्ण रहेको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘सुशासनको प्रत्याभूति, संघीयताको कार्यान्वयन र विकासका कार्यमा हाम्रो ध्यान केन्द्रित भएको छ ।’ कोभिडले थला परेको सामाजिक आर्थिक अवस्थालाई पुनरुत्थान गर्न आफूहरु अग्रसर रहेको भन्दै मुख्यमन्त्री पोखरेलले स्वास्थ्य, शिक्षा र समग्र विकास प्रणालीलाई फरक ढंगबाट संबोधन गर्नुपर्ने भनाइ राखे ।
उद्योग, पर्यटन, कृषि आदि क्षेत्रको पुनरुत्थानका लागि प्रदेश सरकारले योजनाहरु तयार गरिरहेको भन्दै मुख्यमन्त्री पोखरेलले दीगो विकास लक्ष्यलाई आन्तरिकीकरण गरी कार्यान्वयनमा लैजान क्रियाशील भएता पनि त्यसलाई हासिल गर्न थप मेहनत गर्नुपर्ने बताए ।
भेटका क्रममा संंयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीले दीगो आर्थिक विकास, प्रदूषणमुक्त रोजगारी (ग्रिन जब) आफूहरुको पहिलो प्राथमिकता रहेको बताइन् । उनले भनिन्,‘संयुक्त राष्ट्र संघले ५ वर्षका लागि विकास फ्रेमवर्क बनाउँदैछ, प्रदेशले निर्धारण गरेका प्राथमिकतालाई त्यसमा समावेश गरेर हामीले अगाडि बढाउने छौं ।’ उनले दीगो विकास लक्ष्य कार्यान्वयन गर्ने, न्यायमा आधारित सामाजिक तथा आर्थिक विकास गर्न राष्ट्र संघले अझै सघाउने प्रतिबद्धता जनाइन् ।
भेटका अवसरमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले र प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रदेशका प्राथमिकता र राष्ट्र संघको भूमिकाका बारेमा चर्चा गरे ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो