जसले अफगानिस्तान छोडेर भाग्छ, उसको घर भाडामा दिन्छौँः तालिबान

जसले अफगानिस्तान छोडेर भाग्छ, उसको घर भाडामा दिन्छौँः तालिबान

kabul afghanistan

तालिबानले अहिले मुलुक छाडेर भागेका मानिसहरु घर फिर्ता नआउँदासम्म उक्त घर भाडामा दिनुपर्ने बताएको छ । तालिबानले काबुलमा आफ्नो घर छाडेर भागेका मानिसहरुको घर भाडामा दिइने बताएको हो ।

अफगानिस्तानमा अहिले गम्भीर आर्थिक संकट देखिएको अवस्थामा तालिबानले यस्तो घोषणा गरेको हो । यसबाट हुने आम्दानी मुलुकको केन्द्रीय बैंकलाई दिइने तालिबानले बताएको छ ।

यसरी उठेको भाडा केन्द्रीय बैंकमा जम्मा हुनेछ । तर, घर मालिक फर्किएपछि भने उनीहरुले यसमध्येको केही हिस्सा पाउनेछन् । १५ अगष्टमा तालिबानले काबुललाई कब्जामा लिएसँगै हजारौं मानिसले मुलुक छाडेका छन् । यो क्रममा अमेरिका र उसका सेनाले मात्र एक लाखभन्दा धेरै मानिसको उद्धार गरेका थिए ।

तालिबानले बुधबार अरबी भाषाको ट्वीटर एकाउन्टबाट यस्तो घोषणा गरेको हो ।  यस्तै, प्रतिबन्धको कारण अफगानिस्तानमा मुद्रास्फीतिदर उच्च विन्दुमा पुगेको छ भने नगदको अभाव देखिएको छ ।तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै पश्चिमा मुलुकले अफगानिस्तानको अन्तर्राष्ट्रिय कोष फ्रिज गरेका छन् । यसमा मुलुकको केन्द्रीय बैंकको आईएमएफमा रहेको पुँजी पनि सामेल छ ।

-एजेन्सी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ