यही असोजमा मात्रै नेपाली बजारमा प्रवेश गरेको मोटरहेड टेक्कन आर २५० मोटरसाइकलमा युवा आकर्षण देखिएको छ । दुई सातामै चार दर्जन युनिट विक्री भइसकेको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड स्रोतले जनाएको छ । पोखरामै छोटो अवधिमा ५ वटा बुकिङ भइसकेको छ ।
मोटरहेडको पोखराका लागि आधिकारिक विक्रेता पर्स्याङमा रहेको मल्टिस्टार मोटर्स प्रालि हो । केही समयका लागि मात्र ४ लाख ५ हजार रुपैयाँ मूल्यमा उपलब्ध गराइएको यो मोटरसाइकलको मूल्य निकट भविष्यमै बढ्ने कम्पनीले जनाएको छ । आगामी दिनमा यो मोटरसाइकलको मूल्य १० हजार देखि १५ हजार रुपैयाँको दरले बढ्ने अनुमान गरिएको छ ।
टेकन २५० को ३ लाख ९५ हजार र टेक्कन २५० आरको ४ लाख ५ हजार छ । यो मोटरसाइकलमा फराकिलो र ठूलो टायर छ । यसका साथै उच्च ग्राउन्ड क्लियरेन्स, पिकअप पावर र आरामदायी रहेको दाबी कम्पनीको छ । यो २२३ सीसी क्षमताको इन्जिन जडित मोटरसाइकल हो । यसले अधिकतम १२.५ किलोवाट पावर टोर्क १७ एनएम दिने बिक्रेता कम्पनीले जनाएको छ ।

मोटरहेडका मोटरसाइकल किन्दा हाल नगदमा १२ हजार र फाइनान्समा ८ हजार रुपैयाँ छुट उपलब्ध गराइएको छ । नगद वा फाइनान्स जुनसुकै तरिकाले पनि यो मोटरसाइकल खरिद गर्न सकिन्छ । फाइनान्समा खरिद गर्दा पनि ए क्लासका बैंक र फाइनान्सहरुबाट सहज तरिकाले फाइनान्स सुविधा उपलब्ध हुने र १८ महिना सम्म बाँकी रकम किस्ता तिर्न सकिने व्यवस्था भएको कम्पनीको भनाइ छ ।
२२३ सीसी क्षमताको यो बाइकको अधिकतम पावर १२.५ किलोवाट र टर्क १७ एनएम रहेको छ । यो बाइकमा सुधार गरिएको सिलिन्डर र पिस्टनलाई प्रयोग गरिएको छ । १४ लिटर फ्युल ट्यांक क्षमता भएको टेक्कन आर २५० मा कडा चेसिसरफ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट उपलब्ध गराइएको छ ।
मोटरहेडको पोखरा सहित देशका प्रमुख सहरहरुमा थ्रीएस सुविधा (बिक्री, सेवा र स्पेयर) सहित १४ वटा डिलर आउटलेट छन् ।

पोखराको लागि विक्रेता ‘मल्टि स्टार मोटर्स’
पोखरा र आसपासका युवाले यो मोटरसाइकल खरीदका लागि पोखरा-५ पर्स्याङमा रहेको मल्टिस्टार मोटर्स प्रालि.मा सम्पर्क गर्न सक्नेछन् । शो रुमको सम्पर्क नम्बर ०६१–५३२३६० हो । मोटरहेडको विभिन्न मोडलहरु उपलब्ध रहेको मेनेजिङ डाइरेक्टर ईन्द्र गिरीले जनाए ।
कम्पनीका अनुसार मोटरहेड बाइक नेपालका सबै भू–भागका लागि उपयुक्त मानिएको छ । मोटरहेड ब्रान्डको डर्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्रि गर्दै आएको छ। स्क्र्याम्ब्लर २५० को ४ लाख ५५ हजार, स्पोर्टस अन रोड ३ लाख ७० हजार, स्पोर्टस अफ रोड ३ लाख ६८ हजार, एमएच २०० एक्स ३ लाख ७५ हजार, एमएच १५० आरको ३ लाख ५ हजार, एक्स टोर्क २५० को ३ लाख ९० हजार मूल्य छ ।
कम्पनीले सात फरक मोडलमा अपग्रेड गरिएका मोटरहेड एमएच १५० आर, डर्ट बाइक, एमएच २०० ड्युल प्रपोज, टेक्केन २२३ सिसी मोडल, स्पोर्टस् अफरोड डर्ट, स्पोर्टस् अनरोड, एक्स टर्क र स्क्र्याबलर २५० सिसी बाइक बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गरिरहेका स्क्र्याम्बलरको २५० को मूल्य २ लाख ९५ हजारदेखि ४ लाख ५५ हजार रुपैयाँसम्म पर्छ ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प