तनहुँ । तनहुँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गरिने भएको छ । तनहुँको शुक्ला गण्डकी नगरपालिका–२ मा रहेको च्यवनधामको अवलोकन गरेपछि गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले यस्तो आश्वासन दिएका हुन्।
‘नेपालमा सम्भावना रहेका पर्यटनका विभिन्न आयामहरु मध्ये धार्मिक पर्यटन पनि एक प्रमुख आयाम हो ।’ उनले भने, ‘धार्मिक पर्यटनको विकासका लागि हाम्रो क्षेत्रमा रहेका धार्मिक स्थलहरुको संरक्षण, संवद्र्धन र प्रचार प्रसार गर्नु आवश्यक छ ।’
सो अवसरमा उनले यस्तो कामको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताए। ‘स्पष्ट खाका सहितको योजना लिएर आउनुहोस्, यस क्षेत्रमा धार्मिक पर्यटनको विकासको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ ।’ उनले भने।
अवलोकनकै क्रममा मन्त्री थापा समक्ष च्यवनधाम संरक्षण तथा विकास समितिका पदाधिकारीहरूले आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । समितिका सचिव दुर्गादत्त सापकोटाले धामका भौतिक संरचना र जग्गा संरक्षणका लागि कम्पाउण्ड गर्नुपर्ने आवश्यकता रहेपनि बजेट अभावमा गर्न नसकिएको गुनासो राखेका थिए।
मन्त्री थापा संगै प्रदेश सभा सदस्य आशा कोईराला, प्रदेश योजना आयोगका सदस्य सुवास अधिकारी, जिल्ला वन कार्यालयका प्रमुख कोमलराज काफ्ले लगायतको टोलीले मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम स्थित शुक्लेश्वर मन्दिर, बौद्व गुम्बा, कृतिम हिमाल, १०८ पिपल, १०८ धारा लगायतका संरचनाको अवलोकन गरेका थिए।
त्यसैगरी मन्त्री थापाले म्याग्दे गाउँपालिका–२ स्थित ज्यान्टयाङ सामुदायिक बनमा निर्माण गरिएको हरित पार्क र म्याग्दे–१ गुणादीको बाघेटारीमा निर्माण गरिएको बाघको मूर्तिको समेत अवलोकन गर्नुभएको डिभिजन वन कार्यालयका डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’