काठमाण्डौँको शंखमुल फुटसल पोखरामा जारी राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा बिहिबार भएको निकै प्रतिस्पर्धात्मक क्वालिफाइ खेलमा शंखमुलले द राइजिङ क्लब धरानलाई ४–३ गोल अन्तरले हराउँदै फाइनमा स्पोट्र्स क्यासल संगको भेट पक्का गरेको हो ।
शंखमुलको जितमा मणि लामा नायक बने । उनले ४ गोल गर्दै टोलीलाई फाइनलमा पु¥याए । खेलको सुरुवातमै मणिले गोल गर्दै अग्रता दिलाए । सुरुवातमै गोल भएपछि खेल निकै रोमाञ्चक बन्न पुगेको थियो । ११ औं मिनेटमा राइजिङका विसन श्रेष्ठले बराबरी गोल फर्काए । १५ औं मिनेटमा शंखमुलका मणिले गोल गर्दै पुनः अग्रता दिलाए ।
पहिलो हाफमा अग्रता कायम राखेको शंखमुलले दोस्रो हाफमा भने लय गुमाउन पुगेको थियो । २४ औं मिनेटमा हेमन्त थापा मगरले गोल गर्दै खेल बराबरीमा ल्याए । विशनले २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै राइजिङलाई अग्रता दिलाए । त्यसपछि राइजिङले निकै उत्कृष्ट खेल देखायो । खेल सकिन १ मिनेटको समय हुदाँ शंखमुलका गोलरक्षक समेत अघि बढ्दै खेल्न थालेपछि राइजिङलाई दबाब बढेको थियो ।
खेल धानिरहेको राइजिङले अन्तिम मिनेटमा भने धान्न नसक्दा हार व्यहोरेको हो । खेलको ४० औं मिनेटमा मणिले ह्याट्रिक पुरा गर्दै शंखमुललाई हारबाट टारेका थिए । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा मणिले नै व्यक्तिगत चौथो गोल गर्दै टिमलाई फाइनल प्रवेश गराएका हुन् । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
शंखमुलले यस अघि एलिमेटरमा घरेलु टोली सविन मेमोरियललाई हराउँदै क्वालिफाइ भएको थियो । शंखमुलको क्यासलसंग दोस्रो भेट हुदैँ छ । यस अघि लिग चरणमा क्यासल र शंखमुलले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका थिए । क्यासलले पनि क्वालिफाइ खेलमा राइजिङ क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
लिग विजेताले नगद १० लाख रुपैँया प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले समान २५–२५ हजार रुपंैँया प्राप्त गर्नेछन । लिगमा ७ प्रदेशका १० टिमको सहभागिता रहेको थियो ।
शंखमुलका मुख्य प्रशिक्षक प्रकाश परियारले खेल निकै प्रतिस्पर्धात्मक भएको बताए । उनले खेलाडीले लगातार खेल खेलेपनि उत्कृष्ट प्रदर्सन गरेको प्रतिक्रिया दिए । क्यासलविरुद्धको खेल फाइनल भएकाले खेलाडीले थकान विर्सेर खेल्ने उनले बताए ।
राइजिङ क्लबका मुख्य प्रशिक्षक युवेन्द्र गुरुङले आफ्ना मुख्य खेलाडी यस अघि नै घाइते भएकाले जितको आशा नरहेपनि खेलाडीले उच्च स्तरीय खेल प्रदर्सन गरेको बताए । उनले हारबाट पनि खुसी रहेको प्रतिक्रिया दिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला