पोखरामा आयोजित राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधि स्पोट्र्स क्यासलले जितेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको फाइनल खेलमा काठमाण्डौँको शंखमुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै क्यासलले उपाधि घरमै राख्न सफल भएको हो । उपाधिसंगै क्यासलले नगद १० लाख रुपैँयाको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता शंखमुलले ५ लाख रुपैँया प्राप्त ग¥यो ।
क्यासलले खेलको छैटौँ मिनेटमा विजय गुरुङको गोलमा अग्रता लिएको थियो । शंखमुलका लक्ष्मण थापा मगरले ११ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको २० औं मिनेटमा क्यासलका किशोरले गोल गर्दै अग्रता पुनः लिए । पहिलो हाफमा २–१ को अग्रता लिएको क्यासलले दोस्रो हाफमा समेत २ गोल ग¥यो । २१ औं मिनेटमा किशोरको व्यक्तिगत दोस्रो गोलमा क्यासलले ३–१ को अग्रता लियो । २३ औं मिनेटमा शंखमुलका मणि लामाले गोल गर्दै अग्रता घटाएपनि जित हातपार्न भने सकेन् । क्यासलका किशोरले ३९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।
क्यासललाई उपाधि जिताउन किशोर गुरुङले ह्याट्रिक पुरा गरे । असोज २ गतेदेखि लिग संचालन भएको थियो । लिगमा ७ प्रदेशका १० टिमको सहभागिता रहेको थियो । क्यासल लिगको शिर्षस्थानमा रहँदै प्लेअफमा पुगेको हो । प्ले अफमा द राईजिङ क्लब धरानलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । उता शंखमुल लिग तालिकाको तेस्रो स्थानको टिम हो । तेस्रो स्थान रहँदै एलिमेटर खेलमा अर्को घरेलुटोली सविन मेमोरियललाई हराउँदै क्वालिफाइमा पुगेको थियो । क्वालिफाइमा राइजिङलाई नै हराउँदै फाइनल प्रवेश गरेको थियो ।
लगातार चार खेल खेलेका कारण खेलाडी निकै थकित भएको शंखमुलका प्रशिक्षक प्रकाश परियारले बताए । उनले खेलाडीले सोच भन्दा राम्रो खेल खेलेको प्रतिक्रिया दिए । उनले नेपालमै पहिलो पटक वास्तविक फुटसल खेलिएको बताए । यस्तै जितसंगै क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले आफूहरु जितको हकदार भएको प्रतिक्रिया दिए । ‘मलाई मेरो खेलाडीमा विश्वास थियो हामिले उपाधी जित्छौँ भन्नेमा ’उनले भने,‘आजको खेलमा दबाब त थियो नै तर, दर्शकको हौसलाले पनि हामीलाई साथ दियो ।’
विधागत पुरस्कार (नगद २५ हजार रुपैँया र ट्रफि)
उत्कृष्ट आला: मणि लामा (शंखमुल)
उत्कृष्ट गोलरक्षक: अनिष श्रेष्ठ (कप्तान शंखमुल)
उत्कृष्ट फिक्सो: विजय श्रेष्ठ (फुटसल ५ धरान)
उदियमान खेलाडी: सुमित श्रेष्ठ (क्यासल)
उत्कृष्ट प्रशिक्षक: विष्णु गुरुङ (क्यासल)
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ