पोखरामा आयोजित राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधि स्पोट्र्स क्यासलले जितेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको फाइनल खेलमा काठमाण्डौँको शंखमुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै क्यासलले उपाधि घरमै राख्न सफल भएको हो । उपाधिसंगै क्यासलले नगद १० लाख रुपैँयाको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता शंखमुलले ५ लाख रुपैँया प्राप्त ग¥यो ।
क्यासलले खेलको छैटौँ मिनेटमा विजय गुरुङको गोलमा अग्रता लिएको थियो । शंखमुलका लक्ष्मण थापा मगरले ११ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको २० औं मिनेटमा क्यासलका किशोरले गोल गर्दै अग्रता पुनः लिए । पहिलो हाफमा २–१ को अग्रता लिएको क्यासलले दोस्रो हाफमा समेत २ गोल ग¥यो । २१ औं मिनेटमा किशोरको व्यक्तिगत दोस्रो गोलमा क्यासलले ३–१ को अग्रता लियो । २३ औं मिनेटमा शंखमुलका मणि लामाले गोल गर्दै अग्रता घटाएपनि जित हातपार्न भने सकेन् । क्यासलका किशोरले ३९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।
क्यासललाई उपाधि जिताउन किशोर गुरुङले ह्याट्रिक पुरा गरे । असोज २ गतेदेखि लिग संचालन भएको थियो । लिगमा ७ प्रदेशका १० टिमको सहभागिता रहेको थियो । क्यासल लिगको शिर्षस्थानमा रहँदै प्लेअफमा पुगेको हो । प्ले अफमा द राईजिङ क्लब धरानलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । उता शंखमुल लिग तालिकाको तेस्रो स्थानको टिम हो । तेस्रो स्थान रहँदै एलिमेटर खेलमा अर्को घरेलुटोली सविन मेमोरियललाई हराउँदै क्वालिफाइमा पुगेको थियो । क्वालिफाइमा राइजिङलाई नै हराउँदै फाइनल प्रवेश गरेको थियो ।
लगातार चार खेल खेलेका कारण खेलाडी निकै थकित भएको शंखमुलका प्रशिक्षक प्रकाश परियारले बताए । उनले खेलाडीले सोच भन्दा राम्रो खेल खेलेको प्रतिक्रिया दिए । उनले नेपालमै पहिलो पटक वास्तविक फुटसल खेलिएको बताए । यस्तै जितसंगै क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले आफूहरु जितको हकदार भएको प्रतिक्रिया दिए । ‘मलाई मेरो खेलाडीमा विश्वास थियो हामिले उपाधी जित्छौँ भन्नेमा ’उनले भने,‘आजको खेलमा दबाब त थियो नै तर, दर्शकको हौसलाले पनि हामीलाई साथ दियो ।’
विधागत पुरस्कार (नगद २५ हजार रुपैँया र ट्रफि)
उत्कृष्ट आला: मणि लामा (शंखमुल)
उत्कृष्ट गोलरक्षक: अनिष श्रेष्ठ (कप्तान शंखमुल)
उत्कृष्ट फिक्सो: विजय श्रेष्ठ (फुटसल ५ धरान)
उदियमान खेलाडी: सुमित श्रेष्ठ (क्यासल)
उत्कृष्ट प्रशिक्षक: विष्णु गुरुङ (क्यासल)
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’