साफ च्याम्पियनसिप २०२१ को तेस्रो खेलमा नेपाली टोली भारतसँग पराजित भएको छ । पूरै डिफेन्सिभ खेलेको नेपाल अन्तिमतिर सम्हालिन सकेन । खेलको अन्त्यतिर सुनिल क्षेत्रीले गोल गरेपछि नेपाल १-० ले पराजित हुन पुगेको हो ।
नेपालका गोलकिपर किरण चेमजोङे भारतको धेरै पेहार विफल पारे । तर, अन्तिममा रक्षापंक्तिसँग तालमेल नमिल्दा बल पोष्टमा छिरकेो किरणलाई पत्तै भएन । कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए ।
यससँगै भारतले प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपालको यो पहिलो हार हो । अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ।
बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा हासिल गरे नेपाल फाइनल प्रवेश गर्नेछ । नेपाल बंगलादेशसँग पराजित भएको खण्डमा भने प्रतियोगिताबाट बाहिरिनेछ । नेपालले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेपछि भारत र माल्दिभ्सको विजेता फाइनल प्रवेश गर्नेछ । बराबरीले माल्दिभ्स फाइनल पुग्नेछ ।
आज भारतविरुद्ध खेलमा प्रशिक्षक अलमुताइरीले केहि रक्षात्मक रणनीति अपनाउँदै मनिष डाँगीलाई एकल फरवार्डको रुपमा उतारेका थिए। उनलाई सुमन लामा र सुजल श्रेष्ठले विंगमा साथ दिए । त्यस्तै मिडफिल्डमा तेज तामाङ र पुजन उपरकोटीको जोडी थियो । डिफेन्समा अनन्त तामाङ, रोहित चन्द, दीनेश राजवंशी, गौतम श्रेष्ठ र सुमन अर्याल रहंदा गोलरक्षकमा कप्तान किरण चेम्जोङ खेलेका थिए ।
दोस्रो हाफमा मनिषको स्थानमा अन्जन विष्टले आक्रमण सम्हाल्ने जिम्मेवारी पाएका थिए । ६० औं मिनेटमा सुजलको स्थानमा सुरज जिउ ठकुरी मैदान प्रवेश गरेका थिए । ८१ औं मिनेटमा सुमनको स्थानमा आयुष घलानले अवसर पाएका थिए ।
यस हारका बाबजुद नेपाल ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा कायम छ । दोस्रो स्थानमा ३ खेलमा ६ अंक बोकेको माल्दिभ्स रहेको छ । तेस्रो स्थानमा ३ खेलमा ५ अंक जोडेको भारत तथा चौथो स्थानमा ३ खेलमा ४ अंक जोडेको बंगलादेश छ । ४ खेलमा १ अंक जोड्दै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ ।
अन्तिम चरणको खेलमा अब बुधबार दिउँसो ४:४५ बजे नेपालले बंगलादेशसँग खेल्नेछ । रातको ९:४५ बजे माल्दिभ्स र भारत भिड्नेछन् ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला