पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कार्यवाहक प्रमुखको जिम्मेवारी उपप्रमुख मञ्जुदेवी गुरुङलाई दिएका छन् ।
जिसीले कार्यालय नआउँदासम्म कार्यवाहक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई दिएका हुन् । सोमबार प्रमुख जिसी कार्यालयमा उपस्थिति भए । साउन १ गते मष्तिष्कघात भएर जिसी काठमाण्डौमा उपचार गराएका थिए ।
महानगर प्रमुख जिसी कार्यालयमा पुग्दा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, सचेतकद्वय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रवक्ता धनबहादुर नेपाली, वडाअध्यक्षहरु तथा विभिन्न महाशाखा प्रमुख तथा कर्मचारीहरुले पुष्ष्पगुच्छासहित स्वागत गरेका थिए ।
जिसीले आफ्नो स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा आभार व्यक्त गरेका छन् । उपचारमा सम्लग्न चिकित्सक लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा धन्यवाद दिएका छन् । करिब १ घण्टा कार्यालयमा रहेका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई अनुरोध गरेका छन् ।
आफू पनि पूर्ण रुपमा निको भएर छिट्टै काममा फर्किने विश्वास जिसीले त्यस अवसरमा व्यक्त गरे ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ