प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । आइतबार पोखरा आइपुगेका प्रधानमन्त्री देउवाले सोमबार बिहान हेलिकप्टरमार्फत् विमानस्थलको निरीक्षण गरेका हुन् । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न आइतबार पोखरा आएका देउवा पोखरामै बसेका थिए।
पोखरा विमानस्थलदेखि हेलिकप्टर चढेर निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर देउवाले निरीक्षण गरेका हुन्। सोमबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेर काठमाडौं फर्केका छन्। उनले विमानस्थल निर्माणमा देखिएका समस्या समाधान गर्न प्रतिवद्धता समेत जनाएका छन्।
हेलिकप्टर निरीक्षणपश्चात प्रधानमन्त्री देउवालाई विमानस्थल आयोजनामा देखिएका समस्याका बारेमा आयोजना प्रमुख विनेश मुनकर्मीले ब्रिफिङ गरेका थिए । विमास्थल निर्माणको काम ८५ प्रतिशत सकिएको मुनकर्मीले जानकारी दिए । जनवरीदेखि आन्तरिक उडान गर्ने भनिएको भए पनि त्यो सम्भव नहुने मुनकर्मीले बताए । वैशाखबाट पनि विमानस्थल सञ्चालनमा आउन सक्ने उनको भनाइ थियो ।
विमानस्थलबाट उडान अवरोध गर्ने भएकाले काट्ने भनिएको रिठ्ठेपानी डाँडाको रक ईआईए नहुँदा काम अगाडि नबढेको, उत्तरबाट आउने बाढी विमानस्थल छिर्ने समस्या र त्यसले कटानसमेत गर्ने गरेको समस्या मुनकर्मीले देउवालाई सुनाएका थिए ।
यस्तै, विमानस्थल सञ्चालन गर्न पूर्वतर्फ रहेको रिठ्ठेडाँडा ४० मिटर काट्न मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने, विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइट अन्यत्र स्थानान्तरण गर्नुपर्ने, नेपाल आयल निगमले विमानस्थलमा इन्धन भण्डारण बनाउनुपर्ने लगायत समस्या मुनकर्मीले बताएका थिए।
प्रधानमन्त्री देउवाले उक्त समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम कोभिडका कारण १ वर्ष लम्बियो, अब समयमै निर्माण सकिन्छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्री ज्यूले विमानस्थलमा अहिले देखिएका सबै समस्या समाधान गर्ने वचन दिनुभएको छ।’
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’