प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । आइतबार पोखरा आइपुगेका प्रधानमन्त्री देउवाले सोमबार बिहान हेलिकप्टरमार्फत् विमानस्थलको निरीक्षण गरेका हुन् । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न आइतबार पोखरा आएका देउवा पोखरामै बसेका थिए।
पोखरा विमानस्थलदेखि हेलिकप्टर चढेर निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर देउवाले निरीक्षण गरेका हुन्। सोमबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेर काठमाडौं फर्केका छन्। उनले विमानस्थल निर्माणमा देखिएका समस्या समाधान गर्न प्रतिवद्धता समेत जनाएका छन्।
हेलिकप्टर निरीक्षणपश्चात प्रधानमन्त्री देउवालाई विमानस्थल आयोजनामा देखिएका समस्याका बारेमा आयोजना प्रमुख विनेश मुनकर्मीले ब्रिफिङ गरेका थिए । विमास्थल निर्माणको काम ८५ प्रतिशत सकिएको मुनकर्मीले जानकारी दिए । जनवरीदेखि आन्तरिक उडान गर्ने भनिएको भए पनि त्यो सम्भव नहुने मुनकर्मीले बताए । वैशाखबाट पनि विमानस्थल सञ्चालनमा आउन सक्ने उनको भनाइ थियो ।
विमानस्थलबाट उडान अवरोध गर्ने भएकाले काट्ने भनिएको रिठ्ठेपानी डाँडाको रक ईआईए नहुँदा काम अगाडि नबढेको, उत्तरबाट आउने बाढी विमानस्थल छिर्ने समस्या र त्यसले कटानसमेत गर्ने गरेको समस्या मुनकर्मीले देउवालाई सुनाएका थिए ।
यस्तै, विमानस्थल सञ्चालन गर्न पूर्वतर्फ रहेको रिठ्ठेडाँडा ४० मिटर काट्न मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने, विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइट अन्यत्र स्थानान्तरण गर्नुपर्ने, नेपाल आयल निगमले विमानस्थलमा इन्धन भण्डारण बनाउनुपर्ने लगायत समस्या मुनकर्मीले बताएका थिए।
प्रधानमन्त्री देउवाले उक्त समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम कोभिडका कारण १ वर्ष लम्बियो, अब समयमै निर्माण सकिन्छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्री ज्यूले विमानस्थलमा अहिले देखिएका सबै समस्या समाधान गर्ने वचन दिनुभएको छ।’
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)