गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
साफ च्याम्पिएनसिप २०२१ को उपाधि भारतले जितेको छ। शनिबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई ३-० ले पराजित गर्दै उपाधि जितेको छ। यो जितसँगै भारतले ८ पटक साफको उपाधि उचालेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुको ४९ र ५० औँ मिनेट अर्थात् एक मिनेटको अन्तरमा भारतका कप्तान सुनिल क्षेत्री र सुरेश सिंहले गोल गरेका हुन्।
दोस्रो हाफमा आक्रामक देखिएको नेपालले केही काउन्टर अट्याकको प्रयास गरेपनि नतिजा ल्याउन सकेन।
सन् २०१३ मा नेपालमा भएको साफमा भारतलाई २-१ ले पराजित गरेपनि त्यसयता भने भारतलाई हराउन सकेको छैन। नेपालले भारतविरुद्ध खेलेका (आजसहित) ९ मध्ये नेपाल ७ खेलमा पराजित भएको छ भने २ खेल बराबरी गरेको छ ।
१३ संस्करणमध्ये भारतले ८ पटक उपाधि जितेको छ। माल्दिभ्सले दुई पटक उपाधि जित्दा अफगानिस्तान, श्रीलंका र बंगलादेशले एक-एक उपाधि जितेका छन्।
सम्बन्धित खबर
वर्ष खेलाडी महिलातर्फ अनुस्का, अरुणा र सुस्मीताको प्रतिष्पर्धा
सन्दीपले भने- ‘म त फसेँ, बोलेकै भरमा अब अरु कोही नफसोस्’
निरज, रमेश र रिजनको वर्ष उत्कृष्ट प्रशिक्षक बन्न प्रतिष्पर्धा
उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
लाइफटाइम अचिभमेन्ट अवार्ड ईन्द्रा मल्ललाई अर्पण गरिने
कालिका माविलाई छात्रा क्रिकेटको उपाधी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग