प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल र मत विभाजन आज हुने भएको छ । आज बस्ने प्रदेश सभा बैठकमा प्रस्तावमाथि छलफल गरी प्रदेश सभामा मत विभाजन हुने कार्यसूची छ । प्रदेश सभा बैठक आज दिउँसो साढे १२ बजे बस्दैछ ।
शुक्रबारको प्रदेश सभा बैठकमा मुख्मन्त्री आचार्यले विश्वासको मत माग्दै प्रस्ताव प्रदेश सभामा टेबुल गरेका गरेका थिए। बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच शुक्रबार प्रस्ताव टेबुल गर्ने र आइतबार उक्त प्रस्तावमाथि छलफल गरी प्रदेश सभामा मत विभाजन गर्ने सहमति भएको थियो । सोहीअनुसार आज मत विभाजन गर्न लागिएको हो ।
आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका थिए । एमालेका १० सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेर दल विभाजन भएपछि उनी मुख्यमन्त्री भएलगत्तै अल्पमतमा परेका थिए । प्रदेश सभाको वर्तमान राजनीतिक समीकरणअनुसार उनले विश्वासको मत नपाउने निश्चित छ ।
एमालेसँग सभामुखसहित ४१ सांसद छन् । ९२ सदस्यीय प्रदेश सभामा सरकार टिकाई राख्न मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको समर्थन चाहिन्छ ।
सम्बन्धित खबर
‘सफाइको मौका त फाँसीमा झुन्ड्याउन लगिएको मान्छेले पनि पाउँछ होला नि?’: गृहमन्त्री लामिछाने
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी
एमालेमा फर्किन चाहन्छु, आत्मालोचना गरिसकेँ: बामदेव गौतम
उपेन्द्र यादव नेतृत्वको जसपा फुट्यो, अशोक राईसहित ७ सांसदले दिए नयाँ दल दर्ताका लागि निवेदन
कांग्रेसले गण्डकीका सभामुखलाई देखायो संसद् बैठकमै कालो झण्डा
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, सर्वोच्चको आदेशलाई आधार
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग