एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दशबुँदे सहमति भनेर एमालेमै बसेका नेताहरूको स्थिति बिजोग भएको टिप्पणी गरेका छन् ।
पार्टीको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रममा अध्यक्ष नेपालले अन्तिममा एमालेमै बस्ने नेताहरूलाई केपी ओलीले मानमर्दन गर्न थालेको बताए । ‘आदेशको पालन गर्यो भने स्याबास बस्न पाउँछ । पालना गरेन भने कति ट्याउँ–ट्याउँ गरेको दशबुँदेको भन्ने सुन्नुपर्छ । सुन्नुभयो कि भएन, दशबुँदेको ट्याउँ–ट्याउँ । दशबुँदे भन्ने साथीहरूको कस्तो हरिबिजोग । कुनै मर्यादा छैन, कुनै सम्मान छैन, छलफल छैन,’ उनले भने ।
अध्यक्ष नेपालले आफ्नो पार्टी अन्य पार्टीहरूसँग सहकार्य गरेर निर्वाचनमा जाने योजनामा रहेको दाबी गर्दै आगामी निर्वाचनमा केपी ओली गुटलाई समाप्त पार्ने दाबी पनि गरे । बागमती र प्रदेश १ मा छिटै नयाँ सरकार बन्ने उनले बताए ।
बागमतीमा राजेन्द्र पाण्डेको नेतृत्वमा र प्रदेश १ मा यही साता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार बन्ने अध्यक्ष नेपालले बताए । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल र एमाले चौथो दल भएको उनले बताए । केपी ओलीले ठूला गफ दिने गरेको बताउँदै उनले गिनिज बुकमा नाम लेखाउने प्रसंग कोट्याए ।
को–अर्डिनेसन केन्द्र स्थापना गर्ने नेताहरू समाजवादी पार्टीमै रहेको दाबी गर्दै नेपालले आफ्नो पार्टी नै मूल धारको कम्युनिस्ट पार्टी रहेको जिकिर गरे । ‘यो पार्टी अरूले बनाएको होइन, हामीले बनाएको हो । दाबाका साथ भन्दै छु, ३१ सालमा को–अर्डिनेसन केन्द्रको अपिल जारी गर्ने वेलामा कहाँ थिए यी व्यक्तिहरू ? पोलिटब्युरो, केकको घोषणा गर्दा ? त्यतिवेलाका योद्धा मुकुन्द न्यौपाने, झलनाथ खनाल अहिले पनि हाम्रो साथमा हुनुहुन्छ । म स्वयं तपाईंहरूको साथमा छु ।’
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो