पाेखरा । बाल यौन दुराचारको आरोपमा पोखरामा एक क्यानडेली नागरिक पक्राउ परेका छन् । अन्दाजी ५० वर्षीय रोबर्ट किंक्ले पोखरा लेकसाइडको एक घरबाट आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन् ।
विगत डेढ वर्षदेखि पाेखरामा बस्दै आएका राेबर्टलाई लेकसाईडस्थित उनकै काेठामा ३ बालकसँग नग्न अवस्थामा रहेका बेला पक्राउ गरिएकाे कास्की प्रहरीले जानकारी दिएकाे छ ।
शनिबार दिउँसो साढे १ बजे स्थानिय १३-१४ वर्षका तीन जना बालकलाई काेठामा बाेलाएर अप्राकृतिक याैन हर्कत गरिरहेका बेला राेबर्ट काेठामा भेटिएका थिए । कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले राेबर्टमाथि कानुनी कारबाही प्रकृया अघि बढाइएकाे गण्डकन्यूजलाई जानकारी दिए ।
कास्की प्रहरीले रोबर्टमाथि बाल याैन दुराचार, अप्राकृतिक मैथुन र बालबालिका ऐन अन्तरगत मुद्दा चलाएको छ ।
राेबर्टकाे विगतकाे व्यवहार, पाेखरामा डेढ बर्ष बस्दाकाे गतिविधि सम्बन्धमा अनुसन्धान भइरहेकाे एसपी थापाले बताए । तीन जना बालकहरूकाे स्वास्थ्य परीक्षण गरिएकाे छ ।
प्याराग्लाइडिङ उडाउँदै आएकाे प्रारम्भिक जानकारी पाएकाे र यसबारे थप अनुसन्धान भइरहेकाे एसपी थापाले बताए ।
सम्बन्धित खबर
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो