कास्की र तनहुँबाट एकैपटक १० जना फरार प्रतिवादी पक्राउ

कास्की र तनहुँबाट एकैपटक १० जना फरार प्रतिवादी पक्राउ

arrest

जिल्ला प्रहरी कार्यालय कास्की र तनहुँले एकैपटक १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

विभिन्न कसुरमा मुद्धा दर्ता भएर अनुसन्धान पश्चात अदालतबाट कैद सजाय तोकिएकोमा फरार रहँदै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए।

विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँ जिल्लाका तीन जना छन् भने, कास्कीका सात जना छन्।

हाल उनीहरुमाथि थप कारवाही प्रक्रिया अगाडि बढाइएको उपरीक्षक पोखरेलले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds