पोखरा । यौन काण्डमा फसाउन श्रीमतीसहित ९ जनाले षड्यन्त्र गरेको भन्दै पोखरा ११ निवासी सञ्चारकर्मी समेत रहेका श्री प्रसाद बास्तोलाले देहत्याग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार शुक्रबार सबेरै फेसबुक स्टाटस लेखेर ३ बजे श्री झुण्डिएका थिए । बास्तोलाले श्रीमतीसहितका कारण आफूले यस्तो निर्णय लिन बाध्य भएको लेखेका छन् ।
बास्तोलले स्टाटसमा पोखरा ११ निवासी रविन्द्र बास्तोला, बिश्वराज बास्तोला, श्रीमती सृजना घिमिरे बास्तोला, उज्वल पुन मगर, अनिल गुरुङ, पोखरा १४ का अजय केसी, बाग्लुङका बिन्दु मगर, पोखरा काँहुका हिम पौडेल नारायण, नरेश गुरुङको नामै किटेर उनीहरुले गम्भिर षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै मर्न बाध्य भएको खुलस्त लेखेका छन् ।
जानकारका अनुसार दुई वर्ष अघि विश्वराज बास्तोला पोखरा ११ कै भाष्कर मेमोरियल एकेडमीमा पढ्ने एक छात्रालाई अनैतिक दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए । पछि सोही घटनामा आफूलाई फसाउने षड्यन्त्र रचिएको भन्दै उनी पछिल्लो समय मानसिक रुपमा विक्षिप्त थिए । स्टाटसमा पनि यस घटनालाई उनले मिसाएका छन् ।
आफ्नै श्रीमति सिर्जनासहितले यौन भिडियो बनाई फसाउन लागेको उनको स्टाटसमा छ । उनले लेखेका छन्ः ‘हाल आएर माथि उल्लेखित ब्यक्तिहरुको षड्यन्त्रमा मेरी श्रीमतीले मेरो हस्ताक्षर गर्न लगाई झुक्याई खाली चेकमा रकम भरी फसाउने, भुक्तानी गरिएको लेनदेनको कागज नच्याती पेश गर्ने, श्रीमती सृजना बास्तोलाले मलाई नशालु पद्धार्थ खुवाई, अनिल गुरुङ र अजय केसीको सहयोगमा बिन्दु मगरले आफ्नो कोठामा बोलाई फसाउने उद्देश्य राखि यौन भिडियो बनाउने कार्य गरी मलाई फसाउन खोजेको सही साँचो हो ।’
उनले १५ वर्ष अघि आमाले भनेको नमान्दाको परिणाम भनेर स्टाटस सुरु गरेका छन् । परिवारको सहमतिबेगर सिर्जनासँग बिहे गरेकोतर्फ उनले ईंगित गरेको हुनसक्छ । आफ्नो पैतृक सम्पति, घर, खेत, जग्गा, सुनगहना, स्कूल सबै चैट्, आज आफै चैट् भनेर आफै मृत्यु रोजेको प्रष्टीकरण पनि दिएका छन् ।
लज्जा देख्नु भन्दा अस्ताउनु बेस भन्दै श्रीमती सृजनालाई छल कपटकी श्रीमती सृजना घिमिरे भनेका छन् । ऋणहरु प्रायः आफूले तिरेको र केही बाँकी रहे श्रीमतीसँगै माग्न पनि उनले भनेका छन् । किरिया कोहि नबस्न र लाश नजलाउन पनि अनुरोध गरेका छन् ।
प्रहरी भन्छः अनुसन्धान प्रक्रिया अघि बढ्छ
डिएसपी हमालका अनुसार बास्तोलाको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनको स्टाटसबारे आफूलाई थाहा भएको र त्यहाँ उल्लेखित व्यक्तिहरुसँग सम्पर्क गरी अनुसन्धान प्रक्रिया अघि बढाइने उनले गण्डकन्यूजलाई बताए ।
मृतक बास्तोला सञ्चारक्षेत्रसँग जोडिएका व्यक्ति हुन् । बालमैत्री मिडियाका प्रकाशक, पोखरा टेलिभिजनको पूर्व सिईओ, शुभलाभ एडभरटाइजिङ एजेन्सीका सिईओ पनि हुन् । बालअधिकार नेपालका अध्यक्ष, शिशु विकास तथा स्याहार केन्द्रका सदस्य पनि हुन् । उनी पूर्व विद्यालय सञ्चालक पनि थिए ।

सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’