पोखरा । नेपाली कांग्रेसको गढ मानिने पोखरा २० आंटीघरका युवाहरु नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस वडा नम्बर २० का सभापति समेत रहेका तील बहादुर गुरुङको गाउँका युवाहरु सरोज गुरुङ (मिक्की)को नेतृत्वमा एमाले प्रवेश गरेका हुन् । सरोज सहित उक्त गाउँका युवाहरु चोकेन्द्र गुुरुङ, नेत्रमान गुरुङ, प्रेम अधिकारी लगायतका युवाहरु एमाले प्रवेश गरेका हुन् ।
विगत १५ वर्षदेखि हङकङमा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका सरोज गुरुङले अगामी दिनमा नेपालमानै व्यवसाय गर्ने र नेपालमा नै राजनिती गर्ने उद्देश्यले आफु नेकपा एमाले प्रवेश गरेको बताएका छन् । नेपाली कांग्रेसमा आवद्ध गुरुङले एमाले प्रवेश गर्दै लामो समयदेखी नेपालको राजनिती नजिकबाट नियाल्दै आइरहेको र पछिल्लो समयमा नेकपा एमाले जस्तो पार्टी अरु नभएकाले आफु एमाले नै रोजेर अगाडि बढेको बताए । युवाहरु एमाले प्रति आकर्षित रहेको र आफुहरु जस्तो व्यवसायीहरुलाई समेत एमाले पार्टीले समाहित गरेर अगाडि वढेकाले आफुले अबको दिनमा नेकपा एमालेमा रहेर पार्टी र आफ्नो व्यवसाय समेत अगाडि बढाउने बताए । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष सीम गुरुङको कामबाट प्रभावित भइ वडाको बिकासको निम्ति एउटै डुंगामा सवार गर्ने भन्दै एमाले प्रवेश गरेको समेत उनले बताए ।

गुरुङले आफुले लामो समय विदेशमा अर्काको काम गरेर भएतापनि त्यहीनै व्यवसाय सञ्चालन गरेको र हङकङमा समेत आफुले ३ वटा छुट्टा छुट्टै ठाउमा रेष्टुरेण्ट सञ्चालन गर्दै आएको र आफ्नै जम्मभुमिमा केही गर्नुपर्छ भन्ने अभिप्रायले पोखरा २० आंटीघर गाउँमा स्वदेशी तथा विदेशी पाहुनाहरुलाई लक्षित गरी उडल्याण्ड रिसोर्ट सञ्चालनको तयारीमा रहेको र हाल उक्त काम तीव्र रुपमा अगाडि बढिरहेको समेत बताए ।
युवाहरु नेपालमा केही नदेखेर विदेश पलायन भएतापनि त्यहांँ बस्दा रहदा सिकेको सीपलाई नेपालमा फर्केर लगानी गर्न तर्फ ध्यान केन्द्रित गराउनका लागि आफुले ग्रामीण परिवेशमा पनि रिसोर्ट सञ्चालन गर्ने सोचले अगाडि बढेको गुरुङले बताए ।
गुरुङ सँगै पोखराका एक दर्जन बढी युवा व्यवसायीहरु विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, युवा संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी, युवा संघका गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङ लगायतले अविर र माला लगाई एमालेमा स्वागत गराएका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो