पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशीमा वृद्धि गरेको छ । सुजल डेरीको मुख्य उत्पादन सफल दुधले मुख्य प्रायोजनमा पनि निरन्तरता दिने दिएको छ ।
मञ्चले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिंदै खुल्ला ४२.१९५ किमि म्याराथन तर्फ प्रथम पुरस्कार ४ लाख नगद पु¥याइएको घोषणा गरेको हो । यो पुरस्कार राशी गत वर्षको १५ औं सस्करण भन्दा दोव्वर हो ।
आगामी फागुन ७ गते पोखरामा आयोजना हुने १६ औं संस्करणको पोखरा म्याराथनतर्फ हुने सवै २१ किमि महिला हाफ म्याराथन बाहेक महिला पुरुष १० किमि र छात्र÷छात्रा ५ किमि, ह्विल चियर तथा दृष्टिविहिन दौडतर्फ समेत पुरस्कार राशी बढाइएको जनाइएको छ । ति दौडतर्फ समेत ५÷५ हजार पुरस्कार राशीमा वढाइएको छ ।
नेपालको म्याराथन इतिहासमा नै पोखरा म्याराथनमा पुरस्कार ४ लाख पु¥याइएको दाबी गर्दै मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले ४२.१९५ किमितर्फको दोश्रो पुरस्कार २ लाख, तेश्रो हुनेले १ लाख र सान्त्वना तर्फ ३० हजार प्राप्त गर्ने बताए ।
अध्यक्ष पराजुलीले सबै विद्यातर्फ गरी कुल २८ जना पुरस्कृत हुने जानकारी गराउँदै पुरस्कार राशी गत वर्षको भन्दा ४ लाख बढेको जानकारी दिंदै उनले भने–“गत वर्ष पुरस्कार राशी कुल ८ लाख रहेकोमा यो वर्ष सवै विद्यागत रुपमा बढाउँदा १२ लाख ३० हजार पु¥याएका छौं ।”
पुरस्कार राशीमा वृद्धीले दक्षिण एशियाली देशका धावक संगै अन्य अन्तर्राष्ट्रिय धावकहरुलाई आकर्षण गर्न सहयोग पुग्ने धारणा अघि सार्दै मञ्चका अध्यक्ष पराजुलीले भने–“म्याराथनको माध्यमबाट पोखरालाई विश्वमा चिनाउन मञ्चले लिएको लक्ष्य पुरा हुनेतर्फ हामी अघि बढेका छौं यसका लागि सबै सरोकारवालहरुको सहयोग उत्तिकै खाँचो छ ।”
आगामी तीन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता गराउने योजना संगै प्रथम पुरस्कार राशी १० लाख पु¥याउने लक्ष्यका साथ अघि बढेको बताउँदै उनले नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, प्रायोजक संघसंस्थाहरु र सरोकारवालाहरुको सहयोग र सहकार्यको खाँचो रहेको कुरा औंल्याए ।
मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले पोखरालाई मात्रै नभई गण्डकीलाई दौडको प्रदेशको रुपमा स्थापित गर्न परिषदले समेत आफ्ना कार्यक्रमहरु तय गरेको बताए ।
पोखरा म्याराथन सफल बनाउन विदेशमा भएका संस्था पोखरेली मञ्च यूके, तमु धि यूके, एआरएनए यूके, हङकङ, अमेरिका लगायत विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको महत्वपूर्ण सहयोग भूमिका प्रति आभार प्रकट गर्दै पोखरा म्याराथन जेठो म्याराथनको रुपमा स्थापित भए पनि अझै चुनौतीहरु रहेको उल्लेख गरे ।
सो अवसरमा मञ्चले नियुक्त गरेका १४ जना सल्लाहकारहरुको नाम समेत घोषणा गरेको छ । मेजर दिल बहादुर गुरुङको संयोजकत्वमा गठित सल्लाहकार समितीमा खड्ग बहादुर रानाभाट, प्रा.डा विरेन्द्र सिंह गुरुङ, अशोक पालिखे, जयराम हमाल, योगेन्द्र बहादुर बस्नेत, जगन बहादुर गुरुङ, खेम बहादुर गुरुङ, मञ्जुलमान श्रेष्ठ, शम्भु कार्की, तिलक केसी, महेश गुरुङ, गणेश बहादुर भट्टराई, नारायण कार्की,रहेका छन् । त्यसै गरी मञ्चले कार्यसमितीको सदस्य पदमा बुद्ध गुभाजुलाई मनोनयन गरेको संस्थाका महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन् ।
सफल दुधले अझै तीन वर्ष मुख्य प्रायोजन गर्ने
पोखराको प्रतिष्ठित घराना लक्ष्मी ग्रुप अन्तर्गतको उद्योग सुजल डेरीको मुख्य उत्पादन सफल दुधले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजनको भूमिकामा निरन्तरता दिएको छ । विगत ६ वर्ष देखि निरन्तर रुपमा पोखरा म्याराथन संग सहकार्य गर्दै आएको सफल दुधले आगामी तीन वर्षका लागि मुख्य प्रायोजकका रुपमा सम्झौता गरेको छ । उद्योगका निर्देशक सुनिल श्रेष्ठ र मञ्चका अध्यक्ष पराजुलीले सम्झौता–पत्र आदान प्रदान समेत गरेका छन् ।
सो अवसरमा उद्योगका निर्देशक श्रेष्ठले पोखरा म्याराथन सँग सम्झौता गर्न पाउनु सुखद रहेको बताउँदै पोखरालाई म्याराथनको माध्यमबाट विश्वमा परिचित गराउने संगै पोखरालाई खेलकुद पर्यटनको राजधानीका रुपमा स्थापित गर्न उद्योगले सानो सहयोग गरेको उल्लेख गरे । कार्यक्रममा उद्योगका अर्का निर्देशक.निरज श्रेष्ठको समेतको उपस्थितीमा आफ्ना भनाई राख्दै उनले भने–“पोखरा म्याराथनको जगलाई बलियो बनाउन एउटा इट्टा थप्ने काम गरेका छौं, आशा छ म्याराथन मार्फत पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।”
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा