पोखरामा २१६ एम्पुल लागु औषधसहित दुई युवती पक्राउ

पोखरामा २१६ एम्पुल लागु औषधसहित दुई युवती पक्राउ

arrested

पोखराको सिमलचौरबाट लागु औषधसहित दुई युवती पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका -८ सिमलचौरमा शंकास्पद अवस्थामा हिंडिरहेका उनीहरुलाई लागु औषध सहित पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

हमालका अनुसार पक्राउ पर्नेमा लमजुङ जिल्ला दोर्दी गाउँपालिका -७ र गुल्मी जिल्ला मालिका गाउँपालिका – २ घर भइ हाल पोखरा -९ नयाँबजार डेरा गरी बस्ने ३१ वर्षीया परेमा गुरुङ र सोही उमेरकी कोपिला अर्याल रहेकी छन्।

प्रहरीले उनीहरुको साथबाट डाईजापाम ७४ एम्पुल, ब्रुफिनुर्फिन ७० एम्पुल, फेनेरागन ७२ एम्पुल गरी जम्मा २१६ एम्पुल लागु औषध वरामद गरेको छ।

पक्राउ परेका उनीहरूविरुद्ध जिल्ला अदालत कास्कीबाट आठ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds