पोखरा। कास्की जिल्ला क्रिकेट संघले वाई वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि जिल्ला टिम घोषणा गरेको छ । संघले बुधबार १६ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । संघले दुईदिने क्याम्प गरेर १६ सदस्यीय टोली घोषणा गरेको कास्की जिल्ला क्रिकेट संघका सचिव दिपेन्द्रप्रताप चन्दले जानकारी दिए ।
वाई वाई यु–१९ क्रिकेट प्रतियोगिताको लागि सुवास भण्डारीको कप्तानीमा टोली घोषणा गरेको हो । किरण पौडेल(उपकप्तान), अभिषेक थापा, अर्जुन कुमाल, प्रमोद बास्तोला, नितेश गिरी, सिब्रिन श्रेष्ठ, सोहेल कुवँर, सुवास शर्मा सापकोटा (विकेट किपर), आयुष सैंजु, देव साह, सचिवकुमार यादव, प्रविन पौडेल, निर्मल तिमिल्सिना रहेका छन् । यसैगरी बैकल्पिकमा सञ्चार न्युरे र सुमन बुढा मगर रहेका छन् । प्रशिक्षकमा गोविन्द प्रधान र व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका छन् ।
कात्तिक २२ र २३ गते पोखरा रंगशालामा भएको क्याम्पबाट दुई बैकल्पिक सहित १६ सदस्यीय टोली घोषणा गरेसँगै बिहीबारबाट बन्द प्रशिक्षण शुरु गरिने संघकाअध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए । यसअघि संघले कात्तिक १५ देखि १७ गतेसम्म खुल्ला क्याम्प गरेर २४ सदस्यीय टोली चयन गरेको थियो । २४ जनाबाट १६ सदस्यीय टोलीको अन्तिम नामावली निकालेको हो । बिहीबार यु–१९ ले सिनियर मिक्स टिमसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै यु–१९ ले भारतको स्थानीय भ्रमणकारी यु–१९ टोली सँग प्रतिस्पर्धा गर्ने छ ।
सम्बन्धित खबर
शिक्षकहरु लक्षित ह्याण्डबलको ५ दिने प्रशिक्षक/प्रशिक्षण सम्पन्न
जिभिपि युके लण्डनले जित्यो क्लब स्तरीय भलिबलको उपाधि
पोखरा साइकल दौडमा प्रकाश र उषा च्याम्पियन
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
जनकल्याण पोखरा–११ क्लबस्तरीय भलिबलको फाइनल प्रवेश
वैदेशिक सहयोगप्रति मञ्चद्वारा आभार व्यक्त
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग