पोखरा । नेपाल विद्यार्थी संघका नेता अमृत पाण्डेयले आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफूलाई प्रदेश प्रतिनिधिको रुपमा उभ्याउने भएका छन्।
उनले गण्डकी प्रदेशको प्रतिनिधीसभा क्षेत्र नं २ ‘ख’ स्याङ्जाको प्रदेश महाधिवेशन प्रतिनिधिका रुपलाई पाण्डेयले उम्मेद्वारी घोषणा गरेका हुन्। विगत लामो समयदेखि नेपाल विद्यार्थी संघमा रहि सक्रिय विद्यार्थी नेताको भुमिका निर्वाह गरिरहेका पाण्डेय संघको विभिन्न तहमा काम गरिसकेका छन्।
१३ औं महाधिवेशनमा साविक आलमदेवी गाबिसबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका उनी यसपालि कालीगण्डकी २ बाट क्षेत्रीय प्रतिनिधी बनेका छन् । लामो समय पत्रकारितामा सक्रिय रहेका उनी सबल नेपाल मिडिया प्रा ली का अध्यक्ष समेत हुन् ।
उनले मुलुक संघीयतामा गए सँगै पार्टी पनि संघीयताको अभ्यासमा गइसकेकोले प्रदेश स्तरमा पनि कांग्रेसको बलियो व्यवस्थापनको आवश्यकता खड्किएको बताए ।
‘पार्टी पुरानै अवस्थाबाट अगाडि बढ्न सक्दैन, हाम्रो पुराना अभ्यास, अगाडिका अग्रजको सम्मानको साथै पार्टीमा नयां प्रयोगको लागि पनि हाम्रो सक्रियता जरुरी भएकोले मैले उम्मेदवारी घोषणा गरको हु’ उनले भने, ‘मैले पार्टीको लागि कुनै न कुनै तरिकाबाट पुराएको योगदानको मूल्यांकन गर्दै पार्टीमा भूमिका निभाउन थप जिम्मेवारी पाउने छु भन्ने अपेक्षामा छु ।’
स्पष्ट वक्ता, गण्डकी क्षेत्रमा लोकप्रिय र मिलनसार पाण्डेय कांग्रेसको केन्द्रीय राजनीतिमा पनि उत्तिकै प्रभाव जमाउन सक्षम छन्।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?