स्याङ्गजा। श्रीमानको बन्चरो प्रहारबाट स्याङ्गजामा एक महिला गम्भीर घाइते भएकी छिन्।
जिल्लाको विरुवा गाउँपालिका वडा नं -७ सुरुङ निवासी ४२ वर्षीय हुम बहादुर थापाले सोमबार बिहानै अन्दाजी ३ बजेको समयमा आफ्नै श्रीमती ४० वर्षीया मिना थापालाई बन्चरो प्रहार गरी घाइते बनाएको प्रदेश प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।
पौडेलका अनुसार बन्चरो प्रहारबाट श्रीमती मिनाको बायाँ कुम र ढाडमा गहिरो चोट लागेको छ। उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकोमा अस्पतालले पोखरा रिफर गरेको छ। प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर छ।
स्याङ्गजाका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार मदिराले मातिएका श्रीमान हुम बहादुरले घरायसी विवादमा श्रीमती माथी बन्चरो प्रहार गरेको बताए। हाल उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख भएको जानकारी दिए।
घटनाको सूचना लगत्तै खटिएको प्रहरीको टोलीले श्रीमान हुम बहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रवक्ता अधिकारीले जानकारी दिए।
सम्बन्धित खबर
वालिङमा चक्कु प्रहारबाट २० वर्षीय युवकको मृत्यु
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
सिरहामा ५ वर्षीय छोराको हत्या गर्ने आमा पक्राउ
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न सर्वोच्चको आदेश
कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैद
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग