पोखरा। पोखरामा बालबालिकाको कानमा लगाएको सुनको मुन्द्रा चोरी गर्दै हिँड्ने एक युवतीलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरको विभिन्न स्थानहरुमा अन्दाजी ५ वर्ष देखि ९ वर्षसम्मका बालबालिकालाई ललाई फकाई तथा विभिन्न डर त्रास र धम्की दिएर कानमा लगाएको सुनको मुन्द्रा चोरी गर्दै हिँड्ने एक युवतीलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
तिवारीका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले पीडितहरुले दिएको हुलियाका आधारमा खोजी तथा अनुसन्धान गर्दै जाँदा स्याङ्गजा जिल्ला चापाकोट नगरपालिका वडा नं -४ स्थायी घर भै हाल पोखरा -१४ चाउथे बस्दै आएकी २४ वर्षीया अम्बिका पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट सुनको मुन्द्रा १३ थान (४८ लाल ) र सुनको ६ थान मुन्द्रा (४५ लाल) वरामद गरेको छ।
पक्राउ परेकी पुलामीलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा पाँच दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता तिवारीले जानकारी दिए।
सम्बन्धित खबर
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो