पोखरा । कवि रामनाथ अधिकारी ‘संगी’ लाई पोखरामा अभिनन्दन गरिएको छ ।
महाकवि रामनाथ अधिकारी संगी नागरिक अभिनन्दन मूल समारोह समितिले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा कवि संगीलाई अभिनन्दन गरिएको हो ।
साथै कार्यक्रममा महाकवि रामनाथ अधिकारी संगी अभिनन्दनग्रन्थ पनि लोकार्पण गरिएको थियो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, गण्डकी प्रज्ञा प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खड्का विखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति पद्यराज ढकाल, समारोह समितिका अध्यक्ष प्रा.डा. बलराम उपाध्याय रेग्मीले कवि संगीलाई अभिनन्दन एवं अभिनन्दनग्रन्थको लोकार्पण गरेका हुन् ।
यस्तै, श्रीपति कोइराला गुठ, गीजञ्जली साहित्य परिवार, माधव वियोगी वाङमय प्रतिष्ठान, विश्व हिन्दू महासंघ, राष्ट्रिय धर्मसभा नेपाल लगायतले संस्थागत रुपमा कवि संगीलाई अभिनन्दन गरेको थियो ।
उक्त अवसरमा बोल्दै सरुभक्तले संगी जत्तिको कविलाई आफूले अभिनन्दन गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले रामनाथ साच्चिकै जनकवि भएको बताए ।
अभिनन्दनग्रन्थको समीक्षा गर्दै समालोचक डा. जगन्नाथ रेग्मीले संगी अन्तरदृष्टि भएको व्यक्तित्वका रुपमा चर्चा गरे ।
श्रष्टा परिचय दिंदै गीताञ्जली साहित्य परिवारका वरिष्ठ उपाध्यक्ष भानुभक्त भण्डारी क्षितिजले संगी अभिनन्दन गर्न योग्य सत्पात्र भएको बताए ।
समारोह समितिका अध्यक्ष डा. रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष केशवराज भण्डारीले स्वागत, सदस्य छन्दमणि त्रिपाठीले धन्यवाद ज्ञापन र सचिव असफल गौतमले सञ्चालन गरेका थिए ।
कास्कीको गोर्जेमा २००५ साल माघ महिनामा जन्मिएका कवि संगीद्धारा महाकाव्य, खण्डकाव्य, शोककाव्य, कविता संग्रह, उपन्यास लगायत गरि करिब तीन दर्जन कृति रचना भएका छन् ।
उनी करिब चार दर्जन बढी संघसंस्थाबाट सम्मानित भएका छन् । उनले शैक्षिक, सामाजिक, साहित्यिक र राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो