कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट अवैध लागु औषधसहित छ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका-५ मालेपाटनबाट तीन जना, पोखरा -८ सृजनाचोकबाट दुई जना र पोखरा-९ पृथ्बीचोकबाट एकजना गरी छ जनालाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
तिवारीका अनुसार पक्राउ पर्नेमा गोरखा जिल्ला पालुङ्टार नगरपालिका -८ धुँवाकोट स्थायी घर भएका रोशन काराखेती, आरुघाट गाउँपालिका -५ घर भएका वुद्ध कार्की र खोटाङ जिल्ला जन्तेढुंगा गाउँपालिका -५ स्थायी घर भएका मिलन राई छन्।
प्रहरीले उनीहरुको साथबाट डाईजापाम -९ एम्पुल, फेनेरागन-९ एम्पुल फेनेरागन र नुर्फिन -९ एम्पुल गरी जम्मा २७ एम्पुल लागु औषध वरामद गरेको छ।
यस्तै, सृजनाचोक बस्ने विश्व गिरी र पोखरा -१४ छिनेडाँडा बस्ने सुनिल परियारको साथबाट डाईजापाम -३१ एम्पुल, नुर्फिन -३१ एम्पुल र फेनेरागन ३१ एम्पुल वरामद गरेको छ। भने, माछापुछ्रे गाउँपालिका वडा नं -४ लाहाचोक घर भइ पोखराको पृथ्बीचोक बस्दै आएका सुवास रानामगरको साथबाट डाईजापाम- १५ एम्पुल, नुर्फिन- १५ एम्पुल र फेनारगन- १५ एम्पुल वरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरुविरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता तिवारीले बताए।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा