पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयमा त्रि–दिवसीय खेलकुद कार्यक्रम बुधवारबाट सुरू भएको छ ।
वार्षिक रूपमा सञ्चालन हुने कार्यक्रमको शुभारम्भ बुधबार एक समारोका बीच विद्यालयका निर्देशक बलबहादुर थापा र प्रिन्सिपल विश्वगोपाल पराजुलीले संयुक्त रुपमा बेलुन उडाएर गरेका हुन् ।
अन्तर सदनात्मक खेलकुद प्रतियोगिता अन्तर्गत विद्यालयका सहायक प्रिन्सिपल प्रदीप खनालले रेफ्रिहरूलाई बल हस्तान्तरण गरी कार्यक्रम सुरु गरे । जस अनुसार पूर्व प्राथमिक, प्राथमिक, र माध्यमिक तहका छुट्टाछुट्टेै खेलहरू सञ्चालन भएका छन् ।
जसमध्ये पूर्व प्राथमिकतर्फ सुन्तला रेस, केरा रेस, बल फाल्ने,बोतलमापानीभर्ने, हिसाव रेस, स्मरण शक्ति, गुच्चा खोज्ने, चकलेट रेस, जस्ता मनोरञ्जनात्मक खेलहरू भएका थिए । प्राथमिक तर्फ छात्र, छात्रा १०० मि. दौड, रिले दौड साथै छात्र फुटबल भएका थिए । जसमा पूर्व प्राथमिकको फुटबल तर्फ सेमिफाइनलमा निलोे सदन र रातो सदन पुगेका छन् भने प्राथमिक तहमा पँहेलो र रातो सदन सेमिफाइनलमा पुगेका छन् ।

त्यसैगरी, माध्यमिकतर्फ छात्र छात्राको १०० मि. र २०० मि. दौड, ४०० मि. रिले दौड, रस्साकसीका साथै छात्र फुटबल भएका थिए । जसमा निलो सदन र रातो सदन सेमिफाइनलमा पुगेका छन् ।
खेलकुद प्रशिक्षक लिल गुरुङको नेतृत्वमा खेलकुद प्रतियोगिता भएका छन् । विहीबार हुने खेलमा तातो आलु, सम रेस, बेलुन फुटाउने, छात्र छात्रा बास्केट बल, भलिबल, बुद्धिचाल, फुटबल फाइनल हुने अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाशअधिकारीले जानकारी दिए ।

सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु