पोखरामा सरकारी जग्गामा व्यक्तिको नाममा घर बनाएर दिने भन्दै ठगी गर्ने एक व्यक्ति जेल चलान भएका छन् ।
पोखरा महानगरपालिका -१४ स्थित भोटे चौतारामा रहेको सरकारी जग्गामा घर बनाएर उपलब्ध गराउँछौ भनी स्थानीयबाट रकम ठगी गर्ने मध्येका मुख्य योजनाकार स्याङ्जा भिरकोट -८ घर पोखरा -९ बस्ने ३३ वर्षीय उत्तम बि.क. भनिने खेम बहादुर बस्याल कास्की कारागार चलान भएका हुन् ।
भूमि सम्बन्धी समस्या समाधान आयोगको आधिकारिक लेटर प्याड, रबर छाप र अध्यक्षको दस्तखत किर्ते गरी ठगी गर्ने कार्यका मुख्य योजनाकार बस्याललाई कास्की जिल्ला अदालतले ठगी मुद्दामा दुई लाख र लिखत सम्बन्धी मुद्दामा एक लाख ५० हजार धरौटी रकम माग गरेको हो ।
माग बमोजिमको धरौटी रकम जम्मा गर्न नसकेपछि बस्याल बुधबार जेल चलान भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
भोटे चौताराको सरकारी जग्गामा घर बनाइदिने भन्दै मानिसहरूबाट नौ लाख ४६ हजार ठगी गर्ने मुद्दाका मुख्य योजनाकार बस्याल फरार रहेकोमा यही मंसिर १९ गते पक्राउ गरी प्रहरीले पक्राउ गरी कास्की जिल्ला अदालतमा पेस गरेको थियो ।
उनी विरुद्ध झिल्के परियार समेत २१ जना पीडित व्यक्तिहरूले ठगी सम्बन्धी कसुरमा जाहेरी दर्ता गरी मुद्दा अनुसन्धानको क्रममा रहेको र वैदेशिक रोजगार विभागले समेत पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा