पोखरा। बालकलाई यातना दिएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं -१५ गलेश्वरचोकस्थित न्यु लाइफ होस्टलमा बालकले राति ओछ्यानमा पिसाब गरेको भन्दै बालकको लिङ्गमा रबरले बाँधेर यातना दिएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नं -२ स्थायी घर भइ हाल पोखरा -१४ बस्दै आएकी २७ वर्षीया जानुका नेपाली रहेकी छिन्।
कास्कीका निमित्त प्रहरी निरीक्षक तथा प्रहरी प्रवक्ता दिपक केसीका अनुसार उक्त होष्टलको वार्डेनसमेत रहेकी नेपालीले राति सुत्दा ओछ्यानमा पिसाब गर्छ भन्दै ६ वर्षीय बालकको लिङ्गमा रबरले बाँध्नेर यातना दिने गरेको भन्ने जाहेरी पश्चात उनलाई पक्राउ गरिएको हो ।
उनीविरुद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिका विरुद्धको कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थपको अनुमति लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिएको केसीले बताए।
उक्त होस्टलमा अभिभावक नभएका ९ जना विद्यार्थीले आश्रय लिंदै आइरहेका छन्। डोल्पाबाट पोखरा पढ्न राखिएका ती बालकको बुवा बितिसकेको र आमा गाउँमै रहेको बुझिएको छ। लिङ्गमा रबर बाँधिएका कारण पिसाब गर्न नमिल्दा बालकको पेट फुलेको प्रहरीले जनाएको छ। यद्यपी हाल स्वास्थ्य जाँचका लागि अस्पतालमा रहेका उनको रिपोर्ट भने यो समाचार तयार पार्दासम्म आइसकेको छैन।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा