पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ-मन्त्री रामजी प्रसाद बराल जीवनले तीन तहका सरकार बिच आरोप र प्रत्यारोपले संघियता बिरोधीलाई वल पुग्ने बताएका छन् ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले बुधबार पोखरामा आयोजना गरेको संघीय सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानिय तहलाई उपलब्ध गराउनुपर्ने अनुदानको सिफारिस सम्बन्धि अन्तरक्र्रिया कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् ।
संघियता अभ्यासको क्रममा भएको हुँदा पहिलो कार्यकालको अनुभवले देखिएका राम्रो पक्षलाई लागु गर्दै जाने नकरात्मक पक्षलाई भने निरुत्साहित गर्नुपर्ने अबस्था रहेको मन्त्री बरालको भनाई छ । संघियता अझै अभ्यासको क्रममा रहेकोले तीन तहका सरकार बिच आरोप र प्रत्यारोप गर्न लागे संघियता बिरोद्धीलाई मलजल पुग्ने उनको भनाई थियो ।
केन्द्रिकृत मानसिकताको कारण साना योजना सबै तहमा समावेस हुने गरेको मन्त्री बरालले दाबी गरे । वित्त सम्बन्धिको सुत्र व्यवहारिक नभएको समेत उनले बताए । समानीकरण विक्त तर्फ बढी केन्द्रित हुनुपर्ने बताउदै मन्त्री बरालले विक्त समानीकरण र शसर्तमा बढी जोड दिनुपर्ने जनाए ।
बिषेश र समपुरक त्यती धेरै आवश्यक नहुने उनको भनाई थियो । वित्त विज्ञ सोमलाल सुवेदी, केदार बहादुर अधिकारीले कार्यपत्र प्रस्तुतः गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’