पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ-मन्त्री रामजी प्रसाद बराल जीवनले तीन तहका सरकार बिच आरोप र प्रत्यारोपले संघियता बिरोधीलाई वल पुग्ने बताएका छन् ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले बुधबार पोखरामा आयोजना गरेको संघीय सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानिय तहलाई उपलब्ध गराउनुपर्ने अनुदानको सिफारिस सम्बन्धि अन्तरक्र्रिया कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् ।
संघियता अभ्यासको क्रममा भएको हुँदा पहिलो कार्यकालको अनुभवले देखिएका राम्रो पक्षलाई लागु गर्दै जाने नकरात्मक पक्षलाई भने निरुत्साहित गर्नुपर्ने अबस्था रहेको मन्त्री बरालको भनाई छ । संघियता अझै अभ्यासको क्रममा रहेकोले तीन तहका सरकार बिच आरोप र प्रत्यारोप गर्न लागे संघियता बिरोद्धीलाई मलजल पुग्ने उनको भनाई थियो ।
केन्द्रिकृत मानसिकताको कारण साना योजना सबै तहमा समावेस हुने गरेको मन्त्री बरालले दाबी गरे । वित्त सम्बन्धिको सुत्र व्यवहारिक नभएको समेत उनले बताए । समानीकरण विक्त तर्फ बढी केन्द्रित हुनुपर्ने बताउदै मन्त्री बरालले विक्त समानीकरण र शसर्तमा बढी जोड दिनुपर्ने जनाए ।
बिषेश र समपुरक त्यती धेरै आवश्यक नहुने उनको भनाई थियो । वित्त विज्ञ सोमलाल सुवेदी, केदार बहादुर अधिकारीले कार्यपत्र प्रस्तुतः गरेका थिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन