पोखरा । स्वाबलम्बन जीवन पद्धति केन्द्र (सिआईएल) ले कास्की जिल्लाका विभिन्न विद्यालयहरुमा स्वास्थ्य सुरक्षा सामाग्री तथा स्कुल झोला वितरण गरेको छ ।
युएसएआइडी नेपालको आर्थिक सहयोग, ह्यान्डिक्याप ईन्टरनेशनल र विश्व शिक्षाको समन्वयमा केन्द्रले सञ्चालन गरेको ‘सबैका लागि पढाइ’ कार्यक्रम अन्तर्गत कास्कीका तीन वटा विद्यालयका अपाङ्गता भएका विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरेको हो ।
विभिन्न चरणमा गरेर पोखरा–२६ अर्घौंस्थित सिर्जना बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत बाल कक्षा देखि १० कक्षा सम्मका १५१ जना विद्यार्थी, पोखरा–१२ अमरसिंहमा रहेको अमरसिंह माविमा अध्ययनरत दृष्टिबिहीन बिद्यार्थीहरुका लागि सञ्चालित श्रोत कक्षा देखि कक्षा १० सम्मका ६० जना विद्यार्थी र पोखरा–१३ कुडहरमा रहेको कुडहर आधारभुत विद्यालयको दृष्टिबिहीन विद्यार्थीहरुका लागि सञ्चालित श्रोत कक्षा देखि ८ कक्षा सम्म अध्ययनरत ५ जना विद्यार्थीलाई उक्त सामाग्री वितरण गरिएको हो ।

स्वास्थ्य सुरक्षा सामाग्रीमा माक्स, स्यनिटाइजर, नङकट, लुगा धुने तथा नुहाउने साबुन, पानी पिउने बोटल, टाबेल, मन्जन, काइयोेलगायतका सामानहरु रहेका छन्।
कोरोना माहामारीबाट बालबालिकाको पढाई तथा सीपमा पर्न जाने असरलाई न्युनिकरण गर्ने उद्धेश्यले उक्त सामाग्री वितरण गरिएको केन्द्रका अध्यक्ष हेम बहादुर गुरुङले बताए ।
उनले माहामारीबाट अन्य विद्यार्थीहरुमा भन्दा अपाङ्गता भएका विद्यार्थीहरुमा बढी समस्या तथा नकारात्मक असर पर्ने हुँदा अपाङ्गता भएका विद्यार्थीहरुलाई पढाई तथा सीपमा सहज वातावरण निमार्ण गर्न उक्त प्रयास गरिएको बताए । आगामी दिनमा पनि सहयोग गर्ने उनले बताए ।

सामग्री हस्तान्तरण कार्यक्रममा सिर्जना बहिरा माविका प्रधानाध्यापक अनिता सिक्देल, कुडहर आधारभुत विद्यालयका प्रधानाध्यापक निलकण्ठ पाठक तथा अमरसिंह माविका दृष्टिबिहीन विभागका वार्डेन सिता पौडेलले स्वाबलम्बन जीवन पद्धति केन्द्रले गरेको यस सहयोगले विद्यार्थीमा शैक्षिक उर्जा बढ्ने बताएका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो