पोखरा । पन्ध्र वर्ष अघि हत्या गरेर फरार रहेका पोखराका अशोक गुरुङ बहराइनबाट पक्राउ परेका छन् ।
२०६३ वैशाख २९ गते पोखरा ३२, सातमुहानेमा सामान्य विवादमा रोजन राईको हत्या गरी फरार गुरुङ हत्यामा संलग्न भएको पुष्टि भएपछि मंसीर २७ गते रेड नोटिस जारी भएको थियो । गुरुङले राईलाई दाउराको चिर्पट प्रहार गरी गम्भीर घाईते बनाएका थिए । राईलाई अस्पताल लग्दा मृत घोषित गरिएको थियो ।
‘यो केसको फाइल हेरेँ । उनी पक्राउ नपरेको थाहा भएपछि प्रक्रिया अघि बढाएँ ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले गण्डकन्यूजसँग भने – ‘बहराईन प्रहरीबाट पक्राउ भइसकेको जानकारी माथिबाट प्राप्त गरेको छु ।’
इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले बहराइन प्रहरीसमक्ष गरेको अनुरोधको आधारमा त्यहाँको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले पनि सञ्चारमाध्यमलाई जनाए अनुसार तत्कालिन समय गुरुङ संलग्न भएको बारे नखुल्दा वैदेशिक रोजगारीका लागि बहराइन पुगेका थिए । अहिले हत्यामा उनी संलग्न भएको खुलेपछि रेडनोटिस जारी भएको थियो ।
गुरुङलाई कूटनीतिक च्यानलबाट सुपुर्दगी गरेर काठमाडौं ल्याउने प्रक्रिया सुरु गरिएको हो । एनसीबी नेपालले यही वर्ष सरकारी कागजात कीर्ते कसूरका आरोपी केदार ढुंगानालाई सुपुर्दगी गरेर पोर्चुगलबाट नेपाल ल्याइसकेको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणका कृष्ण गोपाल अग्रवाल पनि इन्टरपोलकै सहयोगमा पक्राउ परेका थिए ।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर