पोखरा । गृहमन्त्री बालकृष्ण खाँडले पर्यटकीय नगरी पोखरा २४ घण्टा नै खुला हुनुपर्ने बताएका छन् । उनले आवश्यक शान्ति सुरक्षाको प्रत्याभूत गर्ने गरी अघि बढ्न सुरक्षा निकाय र प्रशासनलाई पनि निर्देशन दिए ।
पोखराको लेकसाइडमा सडक महोत्सवको शुभारम्भ समारोहमा बोल्दै खाँडले व्यवसायीको मागप्रति सकारात्मक रहेको बताए । नेपाल भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा सरकारले देशका प्रमुख तीन पर्यटकीय गन्तव्य काठमाडौँको ठमेल, चितवनको सौराहा र पोखराको लेकसाइडलाई चौबिसै घण्टा खुल्ला गर्ने गरी तयारी अगाडि बढाएको थियो । तर, विश्वव्यापी कोरोना महामारीले भ्रमण वर्ष प्रभावित बनेको थियो ।
‘म प्रहरीका डिआईजी र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिन्छु । पोखरा २४ घण्टा नै खुला हुनुपर्छ । पर्यटकीय गतिविधि बढाउनुपर्छ । राति रेष्टुरेन्टमा छिरेर बन्द गराउँदै नहिँड्नुहोला । पर्यटक तर्साउने काम नगर्नुहोला ।’ – गृहमन्त्री खाँडले भने ।
उनले तत्काललाई पूरै पोखराको रात्री सुरक्षाका लागि प्रहरी तयार नभए ट्रायल गर्दै अघि बढ्न पनि सुझाए । खाँडले भने – ‘अहिले पूरै पोखरा २४ घण्टा नै खुलाउन सकिन्न भन्ने लाग्छ भने केही स्थान तोकेर पनि सकिन्छ । ट्रायल गरेर हेर्नुहोला ।’
आफू रेष्टुरेन्टमा बसेर राति खाँदै गफिँदै गर्दा अगाडिको गेट बन्द गरेपछि पछाडिको गेटबाट हिलाम्य निस्कनुपरेको स्मरण गर्दै उनले भने – ‘मन मिल्ने गृहमन्त्री बनेमा भन्छु भनेको थिएँ, अहिले म आफै गृहमन्त्री छु । अब गर्नुप¥यो । पोखरा २४ घण्टा नै खुल्नुपर्छ । प्रहरीले तर्साउने काम नगरोस् । अगाडिको गेट बन्द गर्ने काम नगरोस् । अगाडिबाट छिरेको ग्राहक अगाडि गेटबाटै निस्कनुपर्छ । पछाडिको गेटबाट होइन ।’

गृहमन्त्री खाँडले फेवातालको सीमांकन प्रतिवेदन अनुसार अघि बढ्न सबैको साथ आवश्यक रहेको पनि बताए । ‘फेवाताल सीमांकनभित्रै होटल संरचनाहरु पर्लान् । उनीहरुले नेताहरु ल्याएर बसाउने, खाने त्यहीँ होला । नेता नहुँदा नेमप्लेट नै टाँसिरहेका पनि होलान् ।’ गृहमन्त्री खाँडले भने – ‘डेढ २ वर्ष अघि मैले नि पत्रपत्रिका पढेर थाहा भएको हो । लेख्ने पत्रकार साथीहरुलाई अझै बढी थाहा होला । यस्तो आपत छ । यो हाम्रो राष्ट्रिय चरित्र हो ।’
कास्की प्रहरी रात्री सुरक्षाका लागि सक्षम छ : प्रवक्ता तिवारी
रात्री व्यवसायमा प्रहरीको धरपकडले व्यवसायी आतंकित बनेको गुनासो आइरहेको छ । गृहमन्त्री बोलिरहँदा समारोह स्थलमै भेटिएका कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले आफूहरु पोखरा २४ घण्टा नै खुल्नुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘हामी नै पोखरा रातभर जागा होस् भन्ने चाहन्छौं । एसपी साब पनि यही चाहनुहुन्छ ।’ – तिवारीले भने ।
रातभर सुरक्षा प्रदान गर्न सकिन्छ ? भन्ने प्रश्नमा डिएसपी तिवारीले भने– हामी सक्छौं । सक्षम छौँ । सबै मान्छे सुतेको बेला किन नसक्नु ?

पोखराका व्यवसायीहरुले पनि सरकारले आवश्यक पूर्वाधारको विकास गरी शान्ति सुरक्षाको प्रत्याभूत गराउन सके व्यवसाय सञ्चालन गर्न सकिने बताउँदै आएका छन् ।
रात्रीकालीन चहलपहल हुने स्थानका स्थानियलाई भने होहल्लाको पीर छ । ध्वनी प्रदुषणको व्यवस्थापन र यहाँका स्थानीय बासिन्दाको जीवनमा असर नपर्ने गरी सुरक्षाको व्यवस्था दिन सके मात्रै होटल रेष्टुरेण्ट रातभर चल्न दिने पक्षमा उनीहरु छन् ।
सिसिटिभी, सुरक्षा गार्ड, खुला स्थान, आकस्मिक कक्ष, स्टाफलाई ड्युटिपछि घर पु¥याउने जिम्मा, महिला कर्मचारीको सुरक्षा लगायतका विषयमा व्यवसायी जिम्मेवार भने बन्नुपर्नेछ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो