गत बुधबार लागुऔषध मुद्धामा पक्राउ परेका चर्चित ¥यापर आशीष राना मगर ’लाउरे’ सहित ४ जनालाई कास्की प्रहरीले आज सार्वजनिक गरेको छ ।
हिजो सार्वजनिक बिदाका कारण म्याद थप हुन सकेको थिएन । उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरीले ८ दिन म्याद थपेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
बुधबार बेलुकी ७ बजेको समयमा पोखरा ८ जाल्पारोड स्थित महानगरपालिकाको पछाडी पट्टी अवैध लागू औषध ब्राउनसुगरको खरिद बिक्री, कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई शरीर तलासी लिँदा बिक्की भन्ने नबिन कुमार गुरुङको साथबाट लागूऔषध ब्राउनसुगर ०.५१ ग्राम फेला परेकोले सो बरामद गरी निजहरूबाट सोधपुछ एवं अनुसन्धान पश्चात्. वडा नं. ८ सभागृह स्थितमा रहेको सुस्मिता गुरुङको कोठा भित्र लुकाई छिपाइ सञ्चय गरी राखेको अवस्थामा लागू औषध ब्राउनसुगर १२.५० ग्राम फेला पारेको हुँदा सो समेत गरी जम्मा १३.०१ ग्राम ब्राउनसुगर, डिजटल तराजु १ थान, नगद ३८ हजार ३ सय ५० रुपैयाँ, मोवाईल सेट ५ थान र ग २१ प ३३२३ नम्बरको स्कुटर १ थान समेत बरामद गरी लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ८ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमाः
१. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार बस्ने वर्ष ३२ को लाहुरे भन्ने आशिष राना ।
२. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २१ घर भई हाल ऐ. वडा नं. १७ छोरेपाटन बस्ने वर्ष ३९ को ध्रुब बहादुर थापा।
३. जिल्ला कास्की रुपागाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १ बगर बस्ने वर्ष ३० को बिक्की भन्ने नबिन कुमार गुरुङ ।
४. जिल्ला स्याङ्जा भिरकोट नगरपालिका वडा नं. ६ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने वर्ष २२ की सुस्मिता गुरुङ ।
सम्बन्धित समाचारः
‘लाउरे’ लाई अनुसन्धानका लागि ८ दिन म्याद थप, युवतीसहित ३ जना को हुन् ? (नामसहित)
‘लाहुरे’ले ड्रग्स सेवन गर्ने स्वीकारे, प्रहरीसँग भने– ‘ड्रग्स नखाई कार्यक्रममा जान सक्दिनँ’
कारोबार पुष्टि भए ५ वर्ष जेल, सेवनको हकमा १ वर्ष
चर्चित र्यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा