पोखरा । अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले लेकसाइड क्षेत्रमा आयोजना गर्दै आएको पोखरा सडक महोत्सवका क्रममा दुःखद घटना घट्यो । मूख्य सडकबाट भित्र पोखरा वडा नं. ६ कार्यालय र शान्तिपाटन मार्ग बीचमा मापसे गरी गाडी चलाउनेको लापरबाहीले पैदलयात्रुले अनाहकमा ज्यान गुमाउनुपरेको छ । आधा दर्जन सवारीमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए अनुसार ग २ च १११८ नम्बरको हाइलक्स गाडीले न्यू ईयर ईभ शुक्रबार राति साढे १ बजेको समयमा ६ वटा सवारीमा ठक्कर दिँदा २ जना घाइते भए । एक जना पैदलयात्रु र एक जना सवारी चालक घाइते भएकोमा पैदलयात्रु स्याङ्जा फेदीखोला घर भई पोखरा बस्दै आएका सुनिल गुरुङको उपचारकै क्रममा मृत्यु भएको छ । काहुँखोलाकी सरिना बराल घाइते छिन् ।
४० वर्षीय गुरुङलाई दुर्घटना लगत्तै सिर्जनाचोक स्थित मेट्रो अस्पताल लगिएकोमा उपचारकै क्रममा २ बजे मृत्यु भएको डिएसपी तिवारीले जनाए । मापसे गरी हाइलक्स चलाएका पोखरा लेखनाथका २९ वर्षीय सुवास बिकले पार्किङमा रहेका चार गाडीमा ठक्कर दिएका थिए ।
डिएसपी तिवारीले भने– ‘हाइलक्स चालकले ४ वटा रोकिराखेका गाडी र चलिरहेका २ वटा मोटरसाइकल/स्कुटरलाई पनि ठक्कर दिए । पैदलयात्रु गुरुङ पनि ठक्करबाट घाइते भए । पछि उपचारकै क्रममा ज्यान गयो ।’
घटनामा संलग्न चालक बिक र गाडीलाई नियन्त्रणमा लिई कानुनानुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा