तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड’मा उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने भएका छन् । स्पोर्टस् अवार्डको तेस्रो संस्करण आईपुग्दा बतास ब्रदर्श प्रा.लि.ले मुख्य प्रायोजन गरेपछि खेलाडीलाई मोटरसाइकल र स्कुटर प्रदान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले जनाएको छ ।
तीन वर्षका लागि उत्कृष्ट खेलाडीका लागि मोटरसाइकल र स्कुटर प्रदान गर्ने सम्बन्धमा बतास ब्रदर्श प्रालि र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
आईतबार आयोजित विशेष कार्यक्रमका बीच बतास ब्रदर्श प्रालिका निर्देशक विपेन्द्रराज बतास र मञ्चका अध्यक्ष केशव पाठकले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
आगामी जेठ १८ गते हुने अवार्डमा वर्ष उत्कृष्ट खेलाडी पुरुषले टिभिएस अपाचे मोटरसाइकल र वर्ष उत्कृष्ट खेलाडी महिलाले टिभिएस विगो स्कुटर प्राप्त गर्नेछन् । निर्देशक बतासले अघिल्ला दुई संस्करणमा पोखरा स्पोर्टस् अवार्डलाई नजिकबाट नियालेको जनाउँदै यसले यहाँको खेलकुदको विकासमा योगदान दिएको महसुस भएको बताए ।
‘स्थानीय खेलकुदको विकासमा यसले टेवा पुग्ने ठान्यौं र यस महान् अभियानमा सहकार्यको हात अघि बढाएका छौं ।’ उनले भने– ‘पोखरा स्पोर्टस् अवार्ड आयोजनार्थ हामी भविष्यमा पनि सहयोगलाई निरन्तरता दिनेछौं ।’ बतास ब्रदर्श विश्वविख्यात कम्पनी टिभिएसको गण्डकी धौलागिरी क्षेत्रको आधिकारीक विक्रेता हो । नेपालको लागि भने जगदम्बा मोटर्स प्रालि. हो ।
[bs-quote quote=”तीन वर्षका लागि उत्कृष्ट खेलाडीका लागि मोटरसाइकल र स्कुटर प्रदान गर्ने सम्बन्धमा बतास ब्रदर्श प्रा.लि र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीबीच सम्झौता भएको छ । ” style=”style-3″ align=”right”][/bs-quote]
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जिल्लामा खेलेरै लाखौंको सवारी चढ्न पाउने अवस्था खेलकुद पत्रकार र बतास ब्रदर्शले मिलाएकोमा खुशी प्रकट गरे ।
‘कम्तिमा अब खेलाडीले खेल्ने बेला मैले राम्रो खेलेमा उत्कृष्ट हुनेछु र अवार्ड थाप्नेछु, मोटरसाइकल जित्नेछु भनेर सोच्ने दिन आयो ।’ उनले भने– ‘यो दिन ऐतिहासिक हो । यस्तो ठूलो र महत्वपूर्ण अवार्ड हामी यहीं प्रदान गर्न सक्ने भएका छौं । अग्रजलाई सम्मान र नवप्रतिभालाई प्रोत्साहन यहींबाट भएको छ ।’
मञ्चका अध्यक्ष केशव पाठकले पत्रकारिता कर्ममा रहेर पनि खेलकुदको विकासमा टेवा पुग्ने ध्येयले पत्रकारले नै थालेको अभियानमा अग्रणी संस्था बतास ब्रदर्शको साथ पाउँदा निकै खुशी मिलेको बताए । उनले देश विदेशबाट प्राप्त सहयोगले दुई संस्करण आयोजना गरेको स्मरण गर्दै अब यसरी नै मुख्य प्रायोजन गर्ने संघसंस्था, विदेशमा रहेका खेलकुद प्रेमी महानुभावको सहयोग बृद्धि हुँदै जानेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
अग्रज पत्रकारद्वय प्रेस स्वतन्त्रता सेनानि बद्रि बिनोद प्रतिक, पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष पूण्य पौडेल लगायतले पत्रकारको नै ईज्जत बढाउने कार्यक्रम भएकाले सबैले साथ दिनुपर्ने बताए । सो अवसरमा बतास ब्रदर्श प्रालिका चिफ अपरेटिङ अफिसर राजेश रानाभाटको समेत उपस्थिति थियो ।

कास्की क्षेत्रको समग्र खेलकुदको विकास तथा बिस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने ध्येयले मञ्चले अवार्ड आयोजना गर्दै आएको छ । मञ्चका सचिव रञ्जन अधिकारीका अनुसार तेस्रो संस्करण सम्पन्न गर्न उपाध्यक्ष दिननाथ बरालको संयोजकत्वमा मूल आयोजक समिति, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल लगायत सम्मिलित सल्लाहकार समिति बनिसकेको छ । मञ्चले उपसमिति गठन गर्दै मनोनित खेलाडीको नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।
यस वर्ष पनि खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ । यसअघि, अग्रज खेलाडीहरु कृष्ण थापा र खड्कबहादुर रानाभाट सम्मानित भईसकेका छन् । उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उदयीमान खेलाडी तथा प्रशिक्षकलाई समेत नगद सहित सम्मान गरिनेछ । यस वर्ष पपुलर प्लेयर अवार्ड समेत थपिनेछ । यस्तै, उत्कृष्ट खेल पत्रकारलाई समेत नगद सहित सम्मान गरिनेछ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो