पोखरा । नेपाली टोपी प्रतिष्ठान गण्डकीको आयोजनामा नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस शनिबार पोखरामा सम्पन्न भएको छ। “हाम्रो टोपी हाम्रो शान” भन्ने उदेश्यका साथ सम्पन्न दिवसमा गण्डकी प्रदेशका मन्त्रीहरु तथा नेपाल घुम्न आएका पर्यटकहरुलाई नेपाली टोपी लगाएर मनाईएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले जानकारी दिए।
गत वर्ष लिपुलेक र कालापानीको विषय उठाएको प्रतिष्ठानले यस वर्ष नेपाली टोपिको पहिचान र सम्बर्द्धन गर्न राज्यले प्रमुख भुमिका खेल्नुपर्ने कुरामा जोड दिएको छ।
गण्डकी प्रदेशका सुचना, संचार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापा, शिक्षा, संस्कृति, बिज्ञान तथा सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग, गण्डकी प्रदेशका प्रहरी प्रमुख दिवेश लोहनी, प्रमुख जिल्ला अधिकारी कास्कीका प्रमुख जय नारायण आचार्य, सहायक प्रमुख कृष्णचन्द्र पौडेल तथा अनिल कुमार शाही, उप अनुसन्धान निर्देशक मनोज ढकाल, पुर्व राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह, रेवान पोखराका अध्यक्ष लक्ष्मण वराल, टानका निवर्तमान अध्यक्ष हरि भुजेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी लगायतलाई नेपाली टोपी लगाएको थियो।
त्यस्तै, अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका अन्तर्राष्ट्रिय पर्यटकहरुलाई पनि नेपाली टोपी लगाउदै नेपाली मौलिक संस्कृतिबारे जानकारी गराएको थियो।
विगत ८ वर्षयता नेपाली युवाहरुले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएका छन् । नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य, नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता बचाउनु रहेको प्रतिष्ठान गण्डकीका सचीव सचिन रानाभाट बताउछन्।
ढाका टोपी नेपाली पहिचान हो। नेपाल भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो ।
ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ। जून एउटा अपभ्रम र मिथ्या मात्रा हो।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु