लमजुङ । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले भविष्यका कर्णाधार बालबालिकाका नैसर्गिक हक अधिकार सुनिश्चित हुनु पर्ने बताएकी छन् ।
लमजुङ जिल्लाको वेशिसहर नगरपालिका वडा नं. ६ लाई बालमैत्री वडा घोषणा गर्दै उनले घर भित्र र बाहिर बाल अधिकार सुनिश्चित हुनु पर्ने आवश्यकता औल्याइन् ।
गण्डकी प्रदेशले हालसम्म ५६ वटा कानून निर्माण गरेको बताउँदै उनले निकट भविष्यमा बालमैत्री कानून निर्माण गर्ने तयारीमा रहेको जानकारी दिइन् ।
मुलुकबाट भूर्ण हत्या गर्ने र गराउने प्रवृत्तिको सदाका लागि अन्त्य हुनु पर्नेमा जोड दिंदै उनले भनिन्, ‘त्यसका लागि तीनै तहका सरकार, अभिभावक लगायत सम्वद्ध निकायको ध्यान पुग्नु जरुरी छ ।’
कार्यक्रममा संविधान सभा सदस्य टुका हमालले अभिभावक एवम् विद्यालय र सिंङ्गो समाजले गर्ने व्यवहारबाट बालबालिकाको भविष्य निर्धारण गर्ने बताउँदै बच्चा गर्भमा रहेदेखिनै सुरक्षित हुनु पर्नेमा जोड दिइन् ।
जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बालमैत्री महासन्धिका ५१ वटा बालमैत्री सुचक पुरा गरेको आधारमा बालमैत्री वडा घोषणा गरिएको जानकारी दिंदै यसको निरन्तरताका लागि सवैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गरे । उक्त वडा सहित जिल्लाका हालसम्म कोलास्वथर गाउँपालिका वडा नं. १, वेशिसहर नगरपालिका वडा नं. १ बालमैत्री वडा घोषणा भई सकेका छन् ।
वेशिसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बालबालिकाको बाच्न पाउने, संरक्षण, विकास एवम् सहभागिता सुनिश्चित गर्ने लक्ष्यका साथ नगरपालिकाले बाल अधिकार संरक्षण तथा सम्वद्र्धन कार्यविधि २०७८ स्वीकृत गरि कार्यान्वयनमा ल्याएको जानकारी दिए ।
वडा कार्यालयद्धारा प्रकाशित बालबालिकाको वस्तुगत विवरण २०७८ कोे विमोचान गरिएको कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग पु¥याउने विद्यालयका छात्रछात्रा, आमा समुह सहित विभिन्न संघसंस्थालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
वडाअध्यक्ष भोजबहादुर रिमालको अध्यक्षतामा भएको कार्यक्रमा नेकपा एमाले हिरा विश्वकर्मा, नेपाली कांग्रेसका नारायण बहादुर रिमाल, नगर उपप्रमुख लक्ष्मीदेवी अधिकारी वडा नं. ८ का वडाध्यक्ष पवित्रा राना, ग्रामिण सामुदायिक विकास केन्द्र (आरसीडीसी) जिल्ला अध्यक्ष पद्मा गुरुङ, गंगा मिलन माविका प्रअ टंकबहादुर अधिकारी लगायतले बालबालिकाको शारिरीक एवम् मानसिक विकासको लागि आवश्यक पोषणयुक्त आहार, खोप, बातावरणमैत्री भौतिक संरचना लगायतमा ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।
बाल अधिकार सुनिश्चितता, गौरपूर्ण, स्वाभिमान बालमैत्री वडा कार्यान्वयन, दिर्घकालीन अभियान भन्ने मूल नारा सहित उक्त घोषणा कार्यक्रममा विद्यालयका छानछात्राद्वारा सन्देश मुलक नाटक एवम् विविध नृत्य प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)