पाेखरा, १८ बैशाख । पोखरास्थित फेवाताल अतिक्रमण गरी संरचना बनाउने व्यक्तिहरूको सूची सार्वजनिक भएको छ ।
सर्वाेच्च अदालतले अाइतबार अतिक्रमण गरी बनाइएका संरचना हटाउन सरकारका नाममा आदेश जारी गरेको थियो । ‘फेवातालको जग्गा अतिक्रमण भएको छानबिन गर्न गठिन समिति’ ले बुझाएको प्रतिवेदनमा होटल व्यवसायीद्वय कर्ण शाक्य र पियुषबहादुर अमात्य, चिकित्सक जगदीशलाल वैद्यलगायत नौ सयभन्दा बढी व्यक्तिको नाममा फेवातालको जग्गा रहेको उल्लेख छ ।
२०६९ सालमा विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिको प्रतिवेदन अनुसार ९ सय बढी संस्था, प्रतिस्ठान एवं व्यक्तिका घर फेवाताल क्षेत्रमा पर्छन ।
प्रतिवेदनमा होटल व्यवसायीद्वय कर्ण शाक्य र पियुषबहादुर अमात्य, चिकित्सक जगदीशलाल वैद्यलगायत ९ सयभन्दा बढी व्यक्तिको नाममा फेवातालको जग्गा रहेको उल्लेख छ।
लेकसाइडमा २४ फिटभन्दा अग्ला घर बनाउन नपाउने मापदण्ड भए पनि त्यसविपरीत गगनचुम्वी घर दिनानुदिन बढिरहेका छन्। ५ सयभन्दा बढी घर मापदण्डविपरीत बनेको अनुमान छ।
बहुचर्चित मुद्दामा न्यायाधीशहरू ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको इजलासले आइतबार रिट परेको ८ वर्षपछि अन्तिम आदेश जारी गरेको थियो ।
पर्यटकीयस्थल फेवाताल अतिक्रण्म गरेर ठूला–ठूला होटेलदेखि आवासीय प्रयोजनका भवन बनाइएको र त्यो कानुन विपरीत भएको भन्दै २३ असार २०६८ मा अधिवक्ता खगेन्द्र सुवेदीले सर्वाेच्चमा रिट दायर गरेका थिए ।
लामिछाने नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदन अनुसार पछिल्लो ४६ वर्षमा फेवाताल क्षेत्रमा ५ दशमलव ८० वर्गकिलोमिटर क्षेत्रफल जमिन अतिक्रमणको चपेटामा परेको छ । २०१८ सालमा फेवाताल १० वर्गकिलोमिटरमा फैलिएको थियो । तर २०६४ सालमा केन्द्रीय नापी विभागले गरेको सर्भे अनुसार फेवाताल क्षेत्र ४.२० वर्गकिलोमिटरमा खुम्चिएको देखिएको थियो ।
अतिक्रमण गर्नेहरुको पूर्ण सूचि :










सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा