गत पुस १६ गते दिउँसो पोखराको जिरो किमिस्थित पामे चापाकोट सुनचाँदी दुकानमा गहना किन्ने बहानामा सिक्री चोरी गरेर फरार युवती पाँचौ दिनमा आफै सम्पर्कमा आईन् । चार दिनसम्म प्रहरीले नियन्त्रणमा लिन नसकिरहेका बेला गण्डकन्यूजमा सबैभन्दा पहिले समाचार प्रकाशित भएको थियो ।
मिडियामा समाचार र सिसीटिभी भिडियो भाइरल बनेपछि युवती आफै सम्पर्कमा आइन् । र भनिन् – ‘प्लिज भाइरल नबनाइदिनू, समाचार डिलिट गरिदिनू ।’
आफ्ना दाइ दिदीमार्फत् पनि मिडियामा समाचार, भिडियो डिलिट गर्न भनिन् । उनले आफू पोखराको नभई पाल्पाको भएको बताईन् । २–३ दिनमा पोखरा आउने र बिल लिने भन्दै गहनाको पैसा बैंक मार्फत् नै पठाइदिने भनिन् । तर, पसलका सञ्चालक केशव घतानेले आफूलाई फोन आएको नम्बर वडा प्रहरी कार्यालय बैदाममा फरवार्ड गरेपछि मात्र प्रहरीले महिलालाई सम्पर्क गरेको हो । आफू २१ वर्षीया बताउने ति युवतीले ब्याचलर फर्स्ट ईयर अध्ययनरत विद्यार्थी रहेको बताएकी छन् ।
प्रहरीले युवतीबारे केही पनि सार्वजनिक गरेको छैन । वडा प्रहरी कार्यालय बैदामकी प्रमुख डिएसपी चिनीमाया तामाङले अहिले बैदाम हिरासतमा रहेको मात्र उल्लेख गर्दै थप प्रवक्ताबाट बुझ्न भन्दै पन्छिन् । कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जाहेरी नपरेकाले युवतीबारे थप खुलासा गर्न नमिल्ने बताउँछन् । यसअघि उनले घटनाबारे थाहा नभएको बताएका थिए ।
समाचार भाइरल भएपछि युवतीले के भनिन् ? पसल सञ्चालक केशव घताने र उनका वुवा हर्कबहादुर घताने के भन्छन् ? भिडियोमा हेर्नुहोस्
सम्बन्धित समाचारः
पोखरामा सुन पसलबाट दिनदहाडै चोरी गरी महिला फरार [भिडियो]
गण्डकन्यूज समाचार प्रभावः सुनको गहना चोरी गर्ने युवती ‘समाचार डिलिट गरिदिनू’ भन्दै सम्पर्कमा आइन्
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा