पोखरा। कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका -२५ हेमजाबाट एक जना र पोखरा -३० पावरहाउसबाट दुई जना गरी तीनजनालाई अवैध लागु औषधसहित पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
तिवारीका अनुसार पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका -१ बस्ने १९ वर्षीय आशिष अर्याल, पोखरा -१३ काहुँखोला बस्ने २५ वर्षीय अनिश खत्री र बागलुङ जिल्ला बागलुङ नगरपालिका -८ बस्ने १७ वर्षीय एक किशोर (नाम नखुलाइएको) छन्।
पक्राउ परेका उनीहरुमध्ये आशिष अर्यालको साथबाट डाईजापाम-६५ एम्पुल, फेनारगन- ६८ एम्पुल र नुर्फिन -७३ एम्पुल गरी जम्मा -२०६ एम्पुल लागु औषध वरामद भएको छ भने, अनिश खत्रि र १७ वर्षीय किशोरको साथबाट क्रमसः डाईजापाम -१५ एम्पुल, फेनारगन -१५ एम्पुल र नुर्फिन- १५ एम्पुल गरी जम्मा ४५ एम्पुल र डाईजापाम- ३२ एम्पुल, फेनारगन -३२ एम्पुल र नुर्फिन- ३२ एम्पुल गरी ९६ एम्पुलसहित कूल ३४७ एम्पुल लागु औषध वरामद भएको छ।
पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट लागु औषध सम्बन्धी कसुरमा ५ दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता तिवारीले बताए।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा